काठमाडौं- राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा कक्षा- १० (एसइइ) २०७९ मा समावेश हुनकालागि रजिष्ट्रेशन फाराम र परीक्षा आवेदन फारम खुला गरेको जनाएको छ।
बोर्डले एक सुचना जारी गर्दै यस शैक्षिक सत्रमा कक्षा ९ मा साधारण तथा प्राविधिक धारतर्फ अध्ययनरत विद्यार्थीहरुले २०७८ सालको नियमित एसइइ परीक्षामा समावेश हुनका लागि कक्षा दशमा अध्यनरत विद्यार्थीहरुले रजिष्ट्रेशन फाराम भ्रन पाउने भएका छन्।
२०७८ आश्विन १५ देखि कार्तिक मसान्त भित्र भर्ने कार्यका लागि विधार्थी, विद्यालय, स्थानीय पालिकाको शिक्षा शाखा, शिक्षा विकास तथा समन्वय इकाई, राष्ट्रिय परीक्षा बोर्ड शाखा कार्यालय तथा प्रदेशका शिक्षा विकास निर्देशनालयलाई सुचित गरेको हो।
विद्यालयहरुमा हाल १० कक्षामा अध्ययनरत साधारण तथा प्राविधिक धारतर्फका विद्यार्थीहरुका लागि सबैमा अनिवार्य विषयमा डी प्लस ल्याएर निम्नमाध्यमिक शिक्षा उत्तीर्ण गरेको प्रमाणपत्र र जन्मदता प्रमाणपत्र प्रधानाध्यापकबाट प्रमाणित प्रतिलिपि संगै विद्यालय पोशाकमा हालसालै खिचिएको पासपोर्ट साइजको फोटो निदिष्ट स्थानमा टासी २०७८ कार्तिक मसान्त भित्र गतब शुल्क सहित आफू अध्ययनरत विद्यालयमार्फत फाराम भरी बुझाई सक्नुपर्ने बोर्डले जनाएको छ।