आइतबार, जेठ ३, २०८३

२४ घण्टामा १ हजार ७८ संक्रमित थपिए, १२ जनाको मृत्यु

पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ। यीमध्ये ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

National life

काठमाडौं- पछिल्लो २४ घण्टामा देशभर १ हजार ७८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। गत २४ घण्टामा कोरोना संक्रमणबाट १२ जनाको मृत्यु भएको छ भने ९११ जना निको भएका छन् ।

पछिल्लो अपडेटसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ८ लाख ८६ हजार ६१४ पुगेको छ। यीमध्ये ७ लाख ६५ हजार ७५८ जना संक्रमणमुक्त भएका छन् भने ११ हजार १३५ जनाको मृत्यु भएको छ।

हाल देशभर रहेका सक्रिय संक्रमितमध्ये १६ हजार ८०२ जना होम आइसोलेसनमा रहेका छन्। कोरोनाका बिरामीमध्ये ३५३ जनाको आईसीयू र ११७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।

प्रकाशित: Sep 30, 2021| 18:02 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्