शनिबार, चैत ७, २०८२

काभ्रेका यी ६ पालिका जहाँ कोरोना संक्रमण दर शून्य

काभ्रेपलाञ्चोक जिल्लाका २ नगरपालिका र ४ गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन्। अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ।
 |  बुधबार, असोज १३, २०७८

नेपाल समय

नेपाल समय

बुधबार, असोज १३, २०७८

काभ्रे– काभ्रेपलाञ्चोक जिल्लाका २ नगरपालिका र ४ गाउँपालिका कोरोना संक्रमणमुक्त भएका छन्। अन्य पालिकामा पनि पछिल्लो केही दिनदेखि संक्रमणमुक्त हुनेको संख्या बढिरहेको छ।

National life

संक्रमणमुक्त हुनेमा मण्डनदेउपुर र नमोबुद्ध नगरपालिका तथा चौंरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका छन्। भुम्लु र महाभारत गाउँपालिकामा एकरएक संक्रमित रहेको जिल्लास्थित कोभिड–१९ संक्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डीसीसीएमसी)ले जनाएको छ। केन्द्रका अनुसार पछिल्लो २४ घण्टामा जिल्लामा ११ जनामा कोरोना संक्रमण देखिएको छ भने २२ संक्रमणमुक्त भएका हुन्।

सोमबार ९ संक्रमित थपिए भने २० संक्रमणमुक्त भएका छन्। चौंरीदेउराली, रोशी, तेमाल र खानीखोला गाउँपालिका भने केही सातादेखि संक्रमणमुक्त भएका हुन्। जिल्लामा हाल ७४ सक्रिय संक्रमितमध्ये बनेपामा २६, पाँचखालमा ८, धुलिखेलमा २२, पनौती नगरपालिकामा ६ तथा बेथानचोक गाउँपालिकामा १० संक्रमित रहेको केन्द्रले जनाएको छ।

केन्द्रका अनुसार यसअघि केही दिनको केन्द्रको तथ्यांकले संक्रमणदर भन्दा संक्रमणमुक्तदर अधिक रहेको देखाएको हो। जिल्लामा हालसम्म १४ हजार ५ सय ७० मा संक्रमण देखिएकामा १ सय ९२ को मृत्यु भएको छ। गत भदौयता नगन्यदरमा संक्रमितको मृत्युका घटना भएको केन्द्रको तथ्याङ्कले देखाएको छ । हालसम्मका कूल संक्रमितमध्ये ९८ दशमलव १७ प्रतिशत अर्थात् १४ हजार ३ सय ४ संक्रमणमुक्त भइसकेका छन्।

संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी गरिएको थियो । जिल्ला प्रशासन कार्यालयले जिल्लामा पछिल्ला केही हप्तादेखि असोज ५ गतेसम्म ‘मिक्स लकडाउन’ गर्दै आएको थियो । कोरोना संक्रमणदर बढ्दै गएपछि गत जेठमा विभिन्न मितिमा आठ स्थानीय तहले ‘सिल’समेत गर्नुपरेको थियो। -रासस

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 29, 2021| 12:50 बुधबार, असोज १३, २०७८
प्रतिक्रिया दिनुहोस्