शनिबार, चैत ७, २०८२

स्क्रिनमा लिप्त हुँदै बालबालिका, कसरी छुटाउने लत?

उनीहरू मोबाइल, ल्यापटप, टिभी वा ट्याबलेटको स्क्रिनभन्दा बाहिरको संसारबाट बेखबर हुँदैछन्। कार्टुन, भिडियो गेम, भिडियोमा लिप्त भइरहेका बालबालिकालाई यसले एकोहोरो बनाइरहेको हुन्छ।
 |  बिहीबार, असोज १४, २०७८

नेपाल समय

नेपाल समय

बिहीबार, असोज १४, २०७८

काठमाडौं- अहिले अधिकांश बालबालिकाहरु नजानिँदो ढंगले स्क्रिनमा लिप्त हुँदै गएका छन्। उनीहरू मोबाइल, ल्यापटप, टिभी वा ट्याबलेटको स्क्रिनभन्दा बाहिरको संसारबाट बेखबर हुँदैछन्। कार्टुन, भिडियो गेम, भिडियोमा लिप्त भइरहेका बालबालिकालाई यसले एकोहोरो बनाइरहेको हुन्छ। 

National life

स्क्रिनमा भुलिएपछि उनीहरू दिसापिसाब आएको थाहा पाउँदैनन्, भोक लागेको मेसो पाउँदैनन्। एकै ठाउँमा बसिरहँदा शरीर कक्रिएको पनि भेउ पाउँदैनन्। जब कसैले उनीहरूको क्रमभङ्ग गरिदिन्छन्, सपनाबाट ब्युँझिएजस्तै गर्छन्। 

पछिल्लो अध्ययनले अहिलेका बच्चाहरू दिनहुँ कम्तीमा दुई घण्टा स्क्रिनमा बिताउँछन्। यत्तिका समय उनीहरू आफ्नो आमाबुबा र समाजसँग पनि बिताइरहेका छैनन्। यसरी लामो समय स्क्रिनमा बिताउनु आफैँमा एक जटिल समस्या हो र यसले बच्चालाई गाँज्दै लगेको पाइन्छ। 

जब बच्चाहरू स्क्रिनमा एकोहोरिन्छन्, तब उनीहरू परिवार र समाजबाट विमुख रहन्छन्। उनीहरूको पारिवारिक जीवन चौपट हुन्छ। साथसाथै उनीहरूमा मानसिक समस्या देखापर्छ, शारीरिक समस्या त छँदैछ।

लामो समय स्क्रिनमा बिताउने बच्चाहरुमा तुरुन्त देखिने समस्या भनेको शारीरिक नै हो। उनीहरूमा टाउको दुख्ने, गर्दन दुख्ने, आँखा रुखो हुने, बेचैन हुने जस्ता समस्या देखिन्छ। बच्चाहरू लामो समय स्क्रिनमा बिताउने भएकाले उनीहरूमा आँखाको समस्या आम बन्दै गएको विश्वव्यापी तथ्यांकले देखाउँछ।

Laxmi sunrise bank
kumari

कम्प्युटर, ल्यापटप, मोबाइल आदिको स्क्रिनद्वारा उत्सर्जित प्रकाशको ब्लु-लाइटले आँखााको संवेदनशील रेटिनामा गम्भीर असर पुग्ने अध्ययनमा उल्लेख छ। 

कसरी छुटाउनले लत?

- बच्चाले व्यतित गरिरहेको स्क्रिन टाइम कटौती गरिदिने

- बच्चालाई घरभित्रै वा कोठाभित्र मोबाइल, ल्यापटमा भन्दा पनि घरबाहिरको खेलकुदमा प्रेरित गर्ने

- बालबालिकासँग अभिभावकले समय बिताउने

- घरका ज्येष्ठ सदस्यहरुसँग समय व्यतित गर्न प्रेरित गर्ने

- बाहिर घुमाउन लैजाने

- बच्चालाई भुलाउन वा खुसी तुल्याउन मोबाइल, ल्यापटप दिने प्रवृत्ति त्याग्‍ने

प्रकाशित: Sep 30, 2021| 05:10 बिहीबार, असोज १४, २०७८
प्रतिक्रिया दिनुहोस्