शनिबार, साउन १६, २०८३

नेपालकै प्रयोगशालामा जीन सिक्वेन्सिङ, भदौपछि परीक्षण गरिएका सबै नमुनामा डेल्टा भेरियन्ट पुष्टि

नेपालमा कोभिड–१९ भाइरसको जीन सिक्वेन्सिङ गर्दा सबैमा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको छ।
 |  मंगलबार, असोज १२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, असोज १२, २०७८

काठमाडौं– नेपालमा कोभिड–१९ भाइरसको जीन सिक्वेन्सिङ गर्दा सबैमा नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको पाइएको छ। राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नेपालमा गरिएको कोभिड-१९ भाइरसको जीन सिक्वेन्सिङको नतिजाबारे जानकारी गराउँदै भदौपछिका सिक्वेन्सिङ गरिएका सबै नमुनमा डेल्टा भेरियन्ट पुष्टि भएको जानकारी दिएको हो।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा रुणा झाले जिन सिक्वेन्सिङको नतिजाबारे जानकारी दिँदै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखालाई पत्र पठाएकी छन्। नेपालकै प्रयोगशालाहरुमा गरिएको ४२ वटा जिन सिक्वेन्सिङमध्ये ४१ वटामा डेल्टा भेरियन्ट पुष्टि भएको छ। 

यीमध्ये त्रिवि जैविक प्रविधि केन्द्रीय विभागमा १६ वटा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा २६ वटा नमूनाको सिक्वेन्सिङ गरिएको थियो।

भदौ र असोजमा सिक्वेन्सिङ गरिएका सबै (४१ वटै) नमुनामा डेल्टा भेरियन्ट पुष्टि भएको प्रयोगशालाको भनाइ छ। वैशाखमा संकलन गरिएको एउटा नमुनामा भने अल्फा भेरियन्ट पुष्टि भएको थियो।

प्रकाशित: Sep 28, 2021| 14:54 मंगलबार, असोज १२, २०७८
प्रतिक्रिया दिनुहोस्