मंगलबार दुवै सदनमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले चालु खर्चलाई नतिजामुखी बनाई पुँजीगत खर्च बढाउनका लागि सरकारले छुट्टै नीतिको व्यवस्था गर्ने उल्लेख गरेकी हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले संसदको संयुक्त बैठकमा प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रममा हरुवाचरुवाका लागि उत्पादनका रोजगारी र क्षमताविकासका कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
नेपाल विद्युत प्राधिकरण र संसारभर हरित हाइड्रोजनलगायतका क्षेत्रमा काम गर्दै आएको ग्लोबल ग्रिन ग्रोथ इन्स्टिच्युट, कोरियाबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद् बैठकले कार्यदल गठन गर्ने निर्णय गरेको हो। कार्यदलको नेतृत्वमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. विश्वनाथ पौडेल छन्।
सरकारले राष्ट्रिय बिमा नीति, २०७८ को मस्यौदा तयार पारेको छ। बिमा समितिले ‘बिमा नीति’ को प्रस्ताव बजेट तथा कार्यक्रममार्फत सम्बोधन गर्न माग गर्दै अर्थ मन्त्रालयमा पठाएको हो।