काठमाडौं- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराको जीतपुर सिमरा उपमहानगरपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र आपूर्तिकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ। आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आव २०७६/०७७ का लागि उपमहानगरपालिकाको खोलाजन्य सामग्री उत्खननका लागि ठेक्का दिँदा मिलेमतो गरेको पाइएको छ।
तत्कालीन प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईं र आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशङ्कर प्रसादविरुद्ध रु ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको हो।
प्रशासकीय अधिकृतले गैरकानूनी तवरले खोलाजन्य सामग्री उत्खनन गर्नेसँग मिलेमतो गरेको पाइएको छ। आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईँसहित आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशङ्कर प्रसादविरुद्ध रु एक करोड ३८ लाख ९९ हजार ९९८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ।