आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • धितोपत्र बोर्ड र लगानीकर्ताको सहमतिले बढ्यो सेयर बजार

धितोपत्र बोर्ड र लगानीकर्ताको सहमतिले बढ्यो सेयर बजार

शुक्रबार नेप्से परिसूचक १३.७८ अंक बढेर १ हजार ८६२.०६ बिन्दुमा पुगेको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं– साताको अन्तिम कारोबार दिन शुक्रबार सेयर बजार बढेको छ। बजार सुधार र विकासका लागि आन्दोलित लगानीकर्ता र नेपाल धितोपत्र बोर्डबीच पुँजी बजारका समस्या समाधान गर्ने सहमति भएसँगै शुक्रबार सेयर बजारमा सकारात्मक प्रभाव परेको हो।  

शुक्रबार नेप्से परिसूचक १३.७८ अंक बढेर १ हजार ८६२.०६ बिन्दुमा पुगेको छ। कारोबारमा आएका २२३ कम्पनीको ३५ लाख ४१ हजार ५३७ कित्ता सेयरको १ अर्ब १५ करोड १२ लाख ८३१.१९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ।

बोर्डले लगानीकर्ताको माग पूरा गर्न कार्यान्वयन समिति गठन गरेको छ। उक्त समितिले आइतबारदेखि काम सुरु गर्नेछ। लगानीकर्ताले उठाएका १९ बुँदाबाहेक आवश्यक बुँदा थपेर बजारको विकासका लागि अघि बढ्ने प्रतिबद्धता बोर्डले गरेको छ।

शुक्रबार कारोबारमा आएका २२३ कम्पनीमध्ये न्यादी हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। कम्पनीको सेयर मूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत बढेसँगै सकारात्मक सर्किट लागेको हो।

यो कम्पनीको सेयर मूल्य प्रतिकित्ता २७२.९० रुपैयाँ पुगेको छ। शुक्रबार सबैभन्दा बढी आँधीखोला लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ७ दशमलव ८८ प्रतिशत घटेको छ। कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८८५ रुपैयाँमा झरेको हो।

शुक्रबार सर्वाधिक सेयर खरिद बिक्री कुमारी बैंकको भएको छ। बैंकको ८ करोड ६३ लाख बराबरको सेयर खरिद बिक्री भएको हो।

दसौं दिनमा तोडे कोइरालाले अनशन

पुँजी  बजार संघर्ष समिति संयोजक तिलक कोइरालाले असार १ गतेदेखि सुरु गरेको आमरण अनशन शुक्रबार तोडेका छन्। कोइरालाले १० औं दिन शुक्रबार नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालको हातबाट जुस पिएर अनशन तोडेका हुन्।

प्रकाशित: Jun 24, 2022| 15:15 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्