आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • गगन थापाले भेटे गभर्नर : सेयर धितो कर्जामा ४/१२ को सीमा हटाउन सुझाव

गगन थापाले भेटे गभर्नर : सेयर धितो कर्जामा ४/१२ को सीमा हटाउन सुझाव

गभर्नरलाई बिहीबार भेटेर थापाले सेयर धितो कर्जाको सीमाका कारण समग्र पुँजी बजारमा समस्या देखिएको भन्दै हटाउन सुझाव दिएका हुन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेर सेयर धितो कर्जामा लगाएको ४/१२ को सीमा हटाउन सुझाव दिएका छन्। 

आगामी आर्थिक वर्षको मौद्रिक नीतिको तयारीमा रहेको राष्ट्र बैंक र गभर्नरलाई बिहीबार भेटेर थापाले सेयर धितो कर्जाको सीमाका कारण समग्र पुँजी बजारमा समस्या देखिएको भन्दै हटाउन सुझाव दिएका हुन्। 

नेपाल राष्ट्र बैंकका गभर्नर, डेपुटी गभर्नर र राष्ट्र बैंकका उच्च अधिकारीहरूसँगको भेटमा थापाले देशको बाह्य क्षेत्रमा भएको दबाब, तरलता अभाव, मूल्यवृद्धि, विदेशी मुद्रा संचितिको अवस्था लगायतका कुराहरुमा चासो र चिन्ता राखेका थिए। तर उनको सबैभन्दा ठुलो चिन्ता र चासो भनेको सेयर कर्जामा लगाइएको ४/१२ करोडको व्यवस्था हटाउनमा नै रहेको नेपाल राष्ट्र बैंकका एक अधिकारीले बताए। 

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा कुनै एक बैंकबाट ४ करोड रुपैयाँ र धेरैबाट कर्जा लिएमा १२ करोड रुपैयाँ सम्म मात्र सेयर कर्जा लिन पाइने व्यवस्था गरेको छ। त्यस्तै असार मसान्तसम्ममा बढी कर्जा लिएको भएमा सीमा भित्र आइसक्न पनि राष्ट्र बैंकको निर्देशन छ।

थापाले शुक्रबार ट्विट गर्दै पुँजी बजार र समग्र देशको अर्थतन्त्रका बारेमा छलफल भएको पनि जनाएका छन्। 

प्रकाशित: Jun 24, 2022| 10:52 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्