आइतबार, असोज ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै–फाइदा

एनएमबि बैंकका ग्राहकलाई धनगढीको भाटभटेनीमा किनमेल गर्दा फाइदै–फाइदा

अब एनएमबि बैंकका ग्राहकले धनगढीस्थित भाटभटेनीमा किनमेल गर्दा छुट पाउने भएका छन्।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं– अब एनएमबि बैंकका ग्राहकले धनगढीस्थित भाटभटेनीमा किनमेल गर्दा छुट पाउने भएका छन्। 

बैंकले भाटभटेनी, धनगढीमा किनमेल गरी इएनएमबी ‘ओम्नि च्यानल’, भिसा डेबिट र क्रेडिट कार्डहरूमार्फत् भुक्तानी गर्दा एनएमबि बैंकका ग्राहकले १०५ वा ५०० सम्म क्यासब्याक पाउने गरी साझेदारी गरिएको छ।

यो योजना २६ जुन, २०२२ देखि सीमित अवधिका लागि सुदूरपश्चिम धनगढी भाटभटेनीमा सञ्चालन हुँदैछ। ग्राहकहरुलाई डिजिटल कारोबार गर्न प्रोत्साहित गर्न यो अभियान सञ्चालन गरेको बैंकले जनाएको छ। 

एनएमबि बैंकले ग्राहकहरुलाई डिजिटल कारोबारको उपयोगिताको महत्त्व बढाउन यस्ता किसिमका अभियान सञ्चालन गर्दै आएको जनाएको छ।

एनएमबि बैंकले हाल देशभरी २०१ शाखा, १३८ एटिएम र ११ एक्सटेन्सन काउन्टरमार्फत् उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।

प्रकाशित: Jun 24, 2022| 12:19 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्