आइतबार, असोज ११, २०८३

असनमा सेञ्चुरी बैंकको नयाँ शाखा

सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको असनमा नयाँ शाखा विस्तार गर्ने भएको छ।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं– सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको असनमा नयाँ शाखा विस्तार गर्ने भएको छ। ग्राहकलाई सहज सेवा प्रदान गर्न नयाँ शाखा सञ्चालनमा ल्याएको बैंकले बतााएको छ। 

बैंकका सञ्चालक समिति सदस्य प्राडा गीता प्रधान र असन, वडा नम्बर २५ का वडाध्यक्ष राजेश डंगोलले शाखाको संयुक्त उद्घाटन गरे। असन शाखा सञ्चालनमा आएपछि उपत्यका भित्र बैंकको शाखा संख्या २८ पुगेको छ।

२०७८ चैत मसान्तसम्म बैंकले ९२ अर्ब ९६ करोड रुपैयाँ निक्षेप संकलन र कर्जा ८९ अर्ब ६५ करोड कर्जा प्रदान गरी १ अर्ब १ करोड ५६ लाख खुद मुनाफा आर्जन गरेको छ। 

बैंकको कुलशाखा संख्या १४५ पुगेको छ। बैंकले १० एक्सटेन्सन काउण्टर २४ शाखारहित बैंकिङ र ११५ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आएको छ।  

प्रकाशित: Jun 24, 2022| 12:50 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्