आइतबार, असोज ११, २०८३

४३५ पालिकाले ल्याए बजेट, १९ गयल

देशभर ४६० गाउँपालिका रहेकामा १९ पालिकाले बजेट सार्वजनिक नगरेका हुन्।
 |  शनिबार, असार ११, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, असार ११, २०७९

काठमाडौं– गाउँपालिका राष्ट्रिय महासंघका अनुसार असार १० गते देशभरका ४३५ गाउँपालिकाले नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेका छन्।

देशभर ४६० गाउँपालिका रहेकामा १९ पालिकाले बजेट सार्वजनिक नगरेका हुन्।

महासंघका नेपालका अनुसार १९ गाउँपालिकाले बजेट पेस गरेनन् भने ६ वटा पालिका सम्पर्कमै छैनन् ।

बजेट पेस नगर्नेमा मधेस प्रदेशका १२, लुम्बिनीका ३, बागमतीका २ र कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका रहेका छन्। प्रदेश १, कर्णाली र सुदूरपश्चिमका २/२ वटा गाउँपालिका भने सम्पर्कमै नआएको महासंघले जनाएको छ।

गाउँपालिकाले असार १० गतेभित्रै बजेट पेस गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ। बजेट नल्याएका गाउँपालिकाले केही दिनमै गाउँसभा गरी बजेट ल्याउने महासंघले बताएको छ।

प्रकाशित: Jun 25, 2022| 13:24 शनिबार, असार ११, २०७९
प्रतिक्रिया दिनुहोस्