सोमबार, असार ८, २०८३

विद्युत चुहावट नियन्त्रण गर्न प्राधिकरणलाई सकस

सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको पाइएको छ। प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १३.६७ प्रतिशत छ। अघिल्लो वर्ष सो प्रदेशको समग्र चुहावट १६.३१ प्रतिशत थियो।
 |  शुक्रबार, असार १०, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, असार १०, २०७९

काठमाडौं- इमान्दार प्रयत्न तथा योजनाबद्ध प्रयासका कारण नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्षको १० महिनामा वितरणतर्फको विद्युत् चुहावट नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको दाबी गरेको छ। रुकुम (पश्चिम) वितरण केन्द्रको चुहावट गत वर्ष २९.३१ प्रतिशत रहेकोमा यस वर्ष २२.४४ प्रतिशतमा झरेको छ।  कर्णाली प्रदेश अन्तर्गत प्रादेशिक कार्यालय सुर्खेत मातहतका ११ वटा वितरण केन्द्रमध्ये सबैभन्दा बढी चुहावट यही केन्द्रबाट हुने गरेको छ। 

National life

प्राधिकरणका अनुसार सो अवधिमा वितरणतर्फको विद्युत् चुहावट १०.४१ प्रतिशतमा सीमित राख्न सफल भएको छ। सामान्य हिसाबमा एक प्रतिशत बराबरको चुहावट नियन्त्रण गर्दा झण्डै रु एक अर्ब बराबरको आर्थिक लाभ हुन जाने प्राधिकरणको बुझाइ छ।  

नियमित रुपमा विद्युत् आपूर्ति र प्राविधिक तथा गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि सञ्चालन गरिएको योजनावद्ध अभियानबाट प्राधिकरणले गत वर्षको वैशाखसम्मको वितरणतर्फको सञ्चित चुहावटको तुलनामा यस वर्ष १.०९ प्रतिशत विन्दुले घटाएको छ। गत वर्ष वैशाखसम्मको वितरणतर्फको विद्युत् चुहावट ११.५० प्रतिशत थियो।

प्रणालीमा रहेको विद्युत् चुहावटमध्ये सबैभन्दा ठूलो हिस्सा वितरणतर्फको हुन्छ। प्राधिकरणले चालु आवमा समग्र प्रणालीको विद्युत् चुहावट १५.५ प्रतिशतमा र वितरणतर्फको चुहावटलाई ९.५ प्रतिशतमा झार्ने लक्ष्य राखेको छ।

प्राविधिक र गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चालिएका कदमलाई अझै सशक्त र प्रभावकारी बनाएर चुहावटलाई लक्ष्यभन्दा अझै कम बनाउने गरी सम्पूर्ण टिम परिचालन गरिएको  प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए। 

Shivam cement

यस अवधिमा नयाँ सवस्टेशन निर्माण सम्पन्न भएको, सञ्चालमा रहेका सवस्टेशनको स्तरोन्नति गरिएको, औद्योगिक क्षेत्रमा विद्युत् खपत बढेको, मिटर रिडिङलाई प्रभावकारी बनाउँदा ग्राहककोमा सञ्चित रहेको युनिट विलिङ भएको लगायतका कारणबाट चुहावट घटेको हो।

प्राधिकरणले हुकिङलगायतबाट हुने विद्युत् चोरी नियन्त्रणका लागि नियमित अनुगमन तथा कारबाही गरिरहेको छ। ओभरलोड भएका सवस्टेसनको सुदृढीकरण तथा नयाँ सवस्टेशनको निर्माण, कन्डक्टर, ट्रान्सफर्मर फेर्नेलगायतका काम गरिरहेको छ। गर्मीमा तराई/मधेशमा चुहावट केही बढ्छ तर प्राधिकरणले यसलाई नियन्त्रण गरी चुहावटलाई वाञ्छित सीमाभन्दा तल झार्ने गरी काम भइरहेको जनाएको छ।

सवस्टेसनको क्षमता वृद्धि गर्ने, कन्डक्टर थप्ने, ओभरलोड ट्रान्सफर्मर फेर्ने, थ्रि फेज मिटरको प्रयोगलाई प्रोत्साहनलगायत कदमको परिणाम चुहावट नियन्त्रणमा देखिएको हो।

प्राधिकरणले गैह्रप्राविधिक चुहावट नियन्त्रणका लागि चोरी नियन्त्रण, महसुल बक्यौता असुलीमा कडाइ, मिटर वाइपास तथा हुकिङ गरी चोरी गर्नेलाई कडा कारवाही गर्र्ने, बन्द मिटर फेर्ने, मिटर लिन प्रोत्साहित गर्ने मिटर रिडिङ नभएको (स्टक युनिट) ग्राहकको पहिचान गरी रिडिङ गर्ने काम अभियानकै रुपमा चलाइएको छ।  

सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेशमा

प्राधिकरणका सातवटा प्रादेशिक कार्यालय र दुईवटा प्रदेश डिभिजन कार्यालय मातहतका वितरण केन्द्रमध्ये सबैभन्दा बढी विद्युत् चुहावट मधेश प्रदेश प्रादेशिक कार्यालय, जनकपुरको रहेको  पाइएको छ। प्रादेशिक कार्यालय जनकपुर मातहतका २३ वटा वितरण केन्द्रको समग्र विद्युत् चुहावट १३.६७ प्रतिशत छ। अघिल्लो वर्ष सो प्रदेशको समग्र चुहावट १६.३१ प्रतिशत थियो।

सर्लाहीको मलङ्गवा वितरण केन्द्रको सबैभन्दा बढी ४५.०९ प्रतिशत विद्युत् चुहावट रहेको छ। गत वर्ष यस अवधिमा मलङ्गवा वितरण केन्द्रको विद्युत् चुहावट २७.३७ प्रतिशत रहेकोमा यस वर्ष बढेर ४५.०९ प्रतिशत पुगेको हो। बाराको सिम्रौनगढ वितरण केन्द्रको विद्युत् चुहावट गत वर्ष ५१.०४ प्रतिशत रहेकोमा यस वर्ष ४०.६८ प्रतिशतमा झरेको छ।  


प्रकाशित: Jun 24, 2022| 19:03 शुक्रबार, असार १०, २०७९
प्रतिक्रिया दिनुहोस्