जापानी प्रधानमन्त्री सिन्जो आबेले भारत भ्रमण रद्ध गरेका छन्। भारतमा नागरिकता संशोधन सम्बन्धी विधेयकको देशभर भइरहेको विरोधका कारण जापानी प्रधानमन्त्री आबेले भारत भ्रमण रद्ध गरेका हुन्।
भारतीय सर्वोच्च न्यायालयले विवादास्पद भनिँदै आएको अयोध्यास्थित बाबरी मस्जिद रहेको स्थानमा राम मन्दिर बनाउन पाउने सर्वोच्च न्यायालयको आदेशविरूद्ध परेका सम्पूर्ण पुनरावेदनलाई खारेज गरिदिएको छ।
भारतको नागरिकता संशोधन विधेयक राज्यसभाबाट पास भएपछि पूर्वोत्तर राज्य त्रिपुरा र असममा विरोध प्रदर्शन भइरहेको छ। प्रदर्शन उग्र बनेपछि असमका केही जिल्लामा कर्फ्यू लगाइएको छ।