आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना आतंक : मर्नेको संख्या ४२७ पुग्यो, २० हजारभन्दा बढी संक्रमित

कोरोना आतंक : मर्नेको संख्या ४२७ पुग्यो, २० हजारभन्दा बढी संक्रमित

कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या चार सय २६ पुगेको छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

बेइजिङ– कोरोना भाइरसको संक्रमणबाट मर्नेको संख्या चार सय २६ पुगेको छ।

National life

चिनियाँ अधिकारीका अनुसार सोमबार कोरोना भाइरसका कारण चीनमा थप ६४ जनाको मृत्यु भएको छ।

सोमबार साँझसम्म चीनमा मात्रै कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ४२५ पुगेको त्यहाँको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ। त्यस्तै, कोरोना भाइरसकै संक्रमणबाट फिलिपिन्समा एक जनाको मृत्यु भएको थियो।

चीनमा २० हजारभन्दा बढीमा यसको संक्रमण देखिएको छ। सोमबार साँझसम्म २० हजार ४ सय ३८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको त्यहाँस्थित राष्ट्रिय स्वास्थ्य आयोगले पुष्टि गरेको छ।

हुबेईमा मात्रै १० हजार ९ सय ९० जना अस्पताल भर्ना भएको चिनियाँ अधिकारीले जनाएका छन्।

Laxmi sunrise bank
kumari

चीनबाहिर विश्वका विभिन्न मुलुकमा करिब १८० व्यक्तिमा कोरोनाको संक्रमण देखिएको छ।

 

प्रकाशित: Feb 04, 2020| 08:56 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।