बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • महाअभियोगबाट बचे राष्ट्रपति ट्रम्प, फेरि उम्मेदवार बन्न पाउने

महाअभियोगबाट बचे राष्ट्रपति ट्रम्प, फेरि उम्मेदवार बन्न पाउने

ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले सफाइ दिएको हो।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

वाशिङ्टन– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले महाअभियोगबाट सफाइ पाएका छन्। ट्रम्पलाई उनको पार्टी रिपब्लिकनको बहुमत भएको माथिल्लो सदनले सफाइ दिएको हो।

National life

१८ डिसेम्बर २०१९ मा विपक्षी पार्टी डेमोक्रयाटको बहुमत रहेको अमेरिकी संसदको तल्लो सदनले ट्रम्पमाथि शक्तिको दुरुपयोग र संसदको कार्य सम्पादनमा अवरोध गरेको आरोपमा महाअभियोग लगाएको थियो।

शक्तिको दुरुपयोग अभियोगमा ५२–४८ मतले ट्रम्पले सफाइ पाए भने संसदको कार्य सम्पादनमा अवरोध गरेको अभियोगमा ५३–४७ मत आयो।

बुधबार भएको मतदानमा सिनेटले अमेरिकाका ४५ औँ राष्ट्रपतिलाई बर्खास्त नगर्ने पक्षमा मत दिएको हो। दुई अभियोगमध्ये एकमा पनि सिनेटमार्फत ट्रम्प दोषी ठहर भएको भए उनी बर्खास्त हुने थिए र सत्ता उपराष्ट्रपति माइक पेन्सको हातमा जाने थियो।

सफाइ पाएपछि ट्रम्प आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावका लागि उमेदवार बन्‍ने बाटो खुला भएको छ।

ट्रम्पले महाअभियोगबाट सफाइ पाएपछि ट्विट गर्दै महाअभियाेगमा जित भएकोले ह्वाइट हाउसबाट सम्बोधन गर्ने बताएका छन्।

सीएनएन

प्रकाशित: Feb 06, 2020| 09:35 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।