आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोनाबाट फिलिपिन्समा पनि ज्यान गयो, चीनमा ३०४ को मृत्यु, हवाई उडान धमाधम रद्द

कोरोनाबाट फिलिपिन्समा पनि ज्यान गयो, चीनमा ३०४ को मृत्यु, हवाई उडान धमाधम रद्द

कोरानाभाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०५ पुगेको छ। मृत्यु हुनेमा ३०४ जना चीन एक जना फिलिपिनो छन्।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं- कोरोना भाइरसबाट फिलिपिन्समा समेत मानिसको मृत्यु भएको छ । अहिलेसम्म चीनमा मात्रै कोरोनाबाट मानिसको मृत्यु भएको थियो ।

National life

शनिबार कोरोना संक्रमणमा एकजनाको मृत्यु भएको फिलिपिन्स सरकारले पुष्टि गरेको छ। ४४ वर्षीय ती पुरुष केही समयअघि चीनको हुवानबाट फर्किएका थिए।

याेसँगै कोराना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ३०५ पुगेको छ। मृत्यु हुनेमा ३०४ जना चीन एक जना फिलिपिनो छन्।

डिसेम्बर अन्त्यमा चीनकाे हुबेईमा देखा परेकाे याे भाइरस अहिले चीनसहित विश्वका विभिन्न २६ मुलुकमा १४ हजार तीन सय मानिसमा संक्रमण भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

थाइल्यान्डमा १९, हङकङमा १२, अस्ट्रेलियामा ९, मकाओमा ७ जनामा यो भाइरस संक्रमण भएको छ।

Laxmi sunrise bank
kumari

यस्तै जापानमा १७, सिंगापुरमा १३, दक्षिण कोरियामा ११ र ताइवानमा ९ जना र संयुक्त राज्य अमेरिकामा ७ जनामा संक्रमण भएको अधिकारीहरूले बताएका छन्।

कोरोनाभाइरस कम्बोडिया, क्यानडा, फिनल्यान्ड, फ्रान्स, जर्मनी, भारत, इटाली, मलेसिया, नेपाल, फिलिपिन्स, रुस, सिंगापुर, स्पेन, श्रीलंका, स्विडेन, ताइवान, संयुक्त अरब इमिरेट्स, बेलायतमा पनि संक्रमण देखा परेको छ।

संयुक्त राज्य अमेरिकाले विदेश यात्राबाट आएका नागरिकलाई विशेष निगरानी थालेको छ । रक्षा सचिव मार्क एस्पाएरले विदेशयात्राबाट अमेरिका फर्किएका नागरिकको क्वारेन्टनका लागि एक हजार व्यक्तिका लागि आवास उपलब्ध गराउन जानकारी दिए।

कोरोनाको महामारी फैलिएपछि विश्व स्वास्थ्य संगठनले यसअघि नै ‘स्वास्थ्य’ संकट घोषणा गरिसकेको छ।

धमाधम हवाई उडान रद्द गर्दै प्रमुख विमान कम्पनी

अमेरिकाका प्रमुख विमान कम्पनीहरूले चीन र हङकङतर्फ धमाधम हवाई उडान रद्द गरेका छन्।

डेल्टा एयरलाइन्सले शनिबार विज्ञप्ति जारी गर्दै अप्रिल ३० सम्मका लागि उडान रघ गरिएको जनाएको छ।

युनाइटेड एयरलाइन्सले फेब्रुअरी ६ देखि बेइजिङ, छेन्दु र सांघाई उडान रद्द गर्ने घोषणा गरिसकेको छ।

यो विमान सेवाले अमेरिकाबाट हङकङ उडान पनि घटाएको छ। यसैगरी ब्रिटिस एयरवेज, क्वान्टस र , लुफ्थान्सा एयरवेजले चीनका प्रमुख सहरहरुमा उडानमा राेक लगाएका छन्।

एयर एसिया, क्याथे प्यासिफिक, एयर इन्डिया, इन्डिगो फिन एयर, क्वान्टस र कतार एयरवेजले पनि चीन र हङकङको उडान रद्द गरिरहेका छन्।

अमेरिकाको न्युयोर्कस्थित जोन अफ केनेडी विमानस्थलमा विमान पर्खाइमा एक यात्रु। तस्बिर : सीएनएन

 

प्रकाशित: Feb 02, 2020| 09:45 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।