आइतबार, चैत १, २०८२

कोरोना भाइरसबाट चीनमा मर्नेको संख्या ४९० पुग्यो

कोरोना भाइरस संक्रमणका कारण चीनमा मर्नेको संख्या चार सय ९० पुगेको छ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

बेइजिङ– कोरोना भाइरस संक्रमणका कारण चीनमा मर्नेको संख्या चार सय ९० पुगेको छ। 

National life

चिनियाँ स्वास्थ्य अधिकारीका अनुसार हुबेई प्रान्तमा बुधबार भाइरस संक्रमणबाट थप ६५ ले ज्यान गुमाएका छन्।

भाइरस संक्रमणका कारण  हङकङ र फिलिपिन्समा एक–एक जनाको ज्यान गइसकेको छ।

चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार बुधबारसम्म २४ हजार तीन सय २४ जनामा भाइरस संक्रमण भएको पुष्टि भएको छ, जसमा तीन हजार आठ सय ८७ नयाँ थपिएका हुन्।

भाइरस संक्रमणको प्रकोप देखिएपछि विभिन्न देशले चीनको वुहान प्रान्तको राजधानी हुबेई सिटीबाट आउने यात्रुको प्रवेशमा रोक लगाएका छन्।

Laxmi sunrise bank
kumari

भाइरस संक्रमणले प्रकोपको रूप लिएपछि विश्व स्वास्थ्य संगठनले स्वास्थ्य आपतकाल घोषणा गरेको छ।

प्रकाशित: Feb 05, 2020| 13:16 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।