आइतबार, चैत १, २०८२

आकाशमै बच्चा जन्मिएपछि ...

दोहाबाट बैंककका लागि उडानमा रहेको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छन् । व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मेको हो ।
 |  बुधबार, माघ २२, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, माघ २२, २०७६

कलकत्ता– दोहाबाट बैंककका लागि उडानमा रहेको विमानमा एक थाई महिलाले बच्चा जन्माएकी छन् । व्यथा लागेपछि विमानका कर्मचारीको सहयोगमा बिहान करिब तीन बजे बच्चा जन्मेको हो ।

National life

विमान कम्पनीले महिलाको नाम सार्वजनिक गरेको छैन । विमानमा नै बच्चा जन्मिएपछि चालकले विमानलाई कलकत्तामा नै आकस्मिक अवतरण गरेको बताइएको छ । विमान अवतरणपछि महिला र बच्चा दुबैलाई कलकत्तास्थित एक निजी अस्पतालमा भर्ना गरिएको छ । आमा र बच्चा दुबैको स्वास्थ्य सामान्य रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

कलकत्ता विमानस्थलका अधिकारीले एएनआईलाई भने, “दोहाबाट बैंककका लागि उडेको कतार एअरवेज, क्यूआर–८३०, को विमानले जीवन रक्षाका लागि हवाई ट्राफिक नियन्त्रकसँग अनुरोधपछि मङ्गलबार बिहान ३ः०९ बजे भारतको कलकत्ता विमानस्थलमा चिकित्सा प्राथमिकता आवश्यकताका कारण आकस्मिक अवतरण भएको छ। विमान सुरक्षित अवतरण गरेको छ भने सम्बन्धित व्यक्तिलाई चिकित्सक र विमानस्थल टोलीले आवश्यक सहयोग गरिरहेका छन् ।”

रासस

प्रकाशित: Feb 05, 2020| 07:49 बुधबार, माघ २२, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।