आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसबाट मर्नेको संख्या ३६२, अमेरिकामा ११ जनामा संक्रमण

कोरोना भाइरसबाट मर्नेको संख्या ३६२, अमेरिकामा ११ जनामा संक्रमण

चीनमा फैलिएको कोरोना भाइरस संक्रमणमा ३६२ जनाको ज्यान गएको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– चीनमा फैलिएको कोरोना भाइरस संक्रमणमा ३६२ जनाको ज्यान गएको छ।

National life

भाइरस संक्रमणबाट विश्वभर १७ हजार ३ सय मानिस प्रभावित भएका छन्।

मृत्यु हुने ३६१ जना चीनका छन् भने एकजना फिलिपिन्सका छन्। चीनको हुवानमा डिसेम्बरमा देखा परेको कोरोना भाइरस अहिलेसम्म २५ देशमा फैलिएको छ।

अमेरिकामा ११ जनामाथि संक्रमण पुष्टि

संयुक्त राज्य अमेरिकामा ११ जनामाथि कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ।

Laxmi sunrise bank
kumari

क्यालिफोर्नियाका एकजना ५७ वर्षीय पुरुषबाट अमेरिकामा कोरोना संक्रमण भएको अधिकारीहरूले बताएका छन्।

ती पुरुषले केही समयअघि चीनको हुवानको भ्रमण गरेका थिए।

अमेरिककाको एरिजोनामा १, क्यालिफोर्नियामा ६, इल्लिनोसमा २, म्यासाचुसेट्समा १ र वासिङ्टमा १ जनामा संक्रमण देखिएको छ।

हङकङमा चिनियाँ सीमा बन्द गर्न मतदान

हङकङका हजारौं स्वास्थ्य अधिकारीहरूले चीनसँग ५ दिनसम्म सीमानाका बन्द गर्नुपर्ने पक्षमा मतदान गरेका छन्।

अस्पतालका कर्मचारीको एलाइन्समा आबद्ध १३ हजारले मतदान गरेका थिए।

हङकङ सरकारले आन्दोलनकारी स्थास्थ्य अधिकारीहरूसँग वार्ताका लागि आह्वान गरेको छ। 

सार्सले भन्दा बढीको मृत्यु

चीनमा सन् २००३ मा फैलिएको सार्सका कारण ३४९ जनाको मृत्यु भएको थियो। अहिले कोरोना भाइरसबाट मर्नेको संख्या सार्सको भन्दा बढेको छ। त्यतिबेला सार्सका कारण विश्वभर ७७४ को ज्यान गएको थियो।

 

प्रकाशित: Feb 03, 2020| 09:58 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।