बिहीबार, वैशाख ३१, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरस २७ देशमा फैलियो, चीनको सेयर बजारमा तीव्र गिरावट

कोरोना भाइरस २७ देशमा फैलियो, चीनको सेयर बजारमा तीव्र गिरावट

चिनियाँ सेयर बजार र कमोडिटी बजारमा व्यापक गिरावट आएको छ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

काठमाडौं– चिनियाँ सेयर बजार र कमोडिटी बजारमा व्यापक गिरावट आएको छ। कोरोना भाइरसका कारण बजारमा गिरावट आएको हो।

National life

गत वर्ष फेब्रुअरीको तुलनामा सोमबार सांघाई कम्पोजिट सूचकांकमा ८ प्रतिशतले ओरालो लागेको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन्।

यही अवस्था रहेमा सन् २०१५ पछिको सबैभन्दा ठूलो घाटा हुनेछ।

सांघाईबाट निर्यात भएका वस्तुले पनि विश्वबजारमा घाटा सहिरहेका छन्। सांघाईबाट कच्चा तेल, फलाम र तामा बिक्रीमा पनि दैनिक ओरालो आएको छ।

चीनको केन्द्रीय बैंक द पिपुल्स बैंक अफ चाइनाले १६० बिलियन युआन अर्थात् २१.७ बिलियन डलर तरलता देखिएको जनाएको छ।

‘केन्द्रीय बैंकको ब्याजदर घटाउने संकेतले तत्काल केही नकारात्मक असर देखिन सक्छ। आर्थिक अवस्थाको वास्तविकता भने एक हप्तापछि आउन सक्छ,’ एसिया प्रशान्त क्षेत्रका बजार विश्लेषक स्टेफन इनर्सले भने।

चीनको वुहानबाट महामारीका रूपमा फैलिएको कोरोना भाइरस संक्रमण २७ देशमा फैलिएको छ। भाइरस संक्रमणमा अहिलेसम्म ३६२ को मृत्यु भएको छ । तीमध्ये ३६१ चीनका छन् भने बाँकी एक जना फिलिपिन्सका छन्।

प्रकाशित: Feb 03, 2020| 11:50 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।