शुक्रबार, साउन १५, २०८३

हुबेई भ्रमण गरेका विदेशीलाई कोरियामा प्रवेश निषेध

दक्षिण कोरियाले विगत दुई सातामा चीनको हुबेई भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६

काठमाडौं – दक्षिण कोरियाले विगत दुई सातामा चीनको हुबेई भ्रमण गरेका विदेशी नागरिकलाई आफ्नो देश प्रवेशमा प्रतिबन्ध लगाएको छ।

दक्षिण कोरियाली प्रधानमन्त्री चुङ सी क्युनले यो नियम आगामी मंगलबारदेखि लागू हुने जानकारी दिए।

यदि कुनै कोरियाली नागरिकले हुबेई भ्रमण गरेर फर्किएका रहेछन् भने उनीहरू क्वारेन्टाइन परीक्षण गरी दुई सातासम्म घरमै रहनुपर्नेछ।

चिनियाँ नागरिकलाई बिना भिसा दक्षिण कोरियाको जेजु टापुमा प्रवेश गर्न अनुमति दिने प्रणाली अस्थायी रूपमा बन्द गरिएको अधिकारीहरूले बताएका छन्।

सिंगापुर, अस्ट्रेलिया, न्युजिल्यान्ड र संयुक्त राज्य अमेरिकाले चीनबाट स्वदेशमा आउने विदेशीमाथि प्रतिबन्ध लगाएका छन्।

प्रकाशित: Feb 02, 2020| 15:24 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।