बिहीबार, वैशाख ३१, २०८३

बुर्किना फासोमा १८ जना सर्वसाधारणको हत्या

मुलुकको उत्तरी क्षेत्रमा गत साता पनि धेरैवटा आक्रमण गरिएका थिए । जनवरी २५ मा गरिएको त्यस्तै आक्रमणमा उत्तरी सोउम प्रान्तमा ३९ जनाको मृत्यु भएको थियो ।
 |  सोमबार, माघ २०, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, माघ २०, २०७६

बुर्किना फासो– अफ्रिकी मुलुक बुर्किना फासोको उत्तरी क्षेत्रमा कट्टरपन्थी मुस्लिम लडाकूहरुले आक्रमण गरी १८ जना सर्वसाधारणको हत्या गरेको साहेल क्षेत्रका गभर्नरको कार्यालयले जनाएको छ ।

National life

कर्णेल साल्फो काबोरले हत्या गरिएका व्यक्तिको शव नियन्त्रणमा लिइएको बताउँदै सरकारी सेनाले त्यस क्षेत्रमा सैनिक कारबाही शुरु गरेको जानकारी दिए ।

मुलुकको उत्तरी क्षेत्रमा गत साता पनि धेरैवटा आक्रमण गरिएका थिए । जनवरी २५ मा गरिएको त्यस्तै आक्रमणमा उत्तरी सोउम प्रान्तमा ३९ जनाको मृत्यु भएको थियो ।

सुरक्षा स्रोतले एएफपीलाई बताए अनुसार जिहादी समूहले केही दिनअघि मात्र स्थानीयबासीलाई घरगाउँ छाडेर भाग्न चेतावनी दिएका थिए । सुरक्षा फौजले उक्त क्षेत्रलाई सुरक्षित राख्न दिनरात कार्य गरेको बताए पनि ठूलो क्षेत्रमा सुरक्षा व्यवस्था मिलाउन कठिन भएको जनाएको छ ।

बुर्किना फासोको उत्तर पश्चिममा माली रहेको छ भने पूर्वमा नाइजर रहेको छ । यी दुबै मुलुक मुस्लिम जिहादी लडाकूका कारण संकटमा रहेका छन् ।

कमजोर हातहतियार र तालिम अभावमा बुर्किना फासोको सुरक्षा फौजले लडाकूहरुबाट हुने गरेका घातक आक्रमणलाई नियन्त्रणमा ल्याउन सकेको छैन । फ्रान्सेली समेतका केही मुलुकबाट सैनिक सहयोग प्राप्त गरे पनि सरकारी सेनाको जिहादीसँग लड्ने क्षमताको अभाव रहेको छ ।

संयुक्त राष्ट्र संघका अनुसार माली, नाइजर र बुर्किना फासोमा सन् २०१९ मा मात्र जिहादी समूहले गरेको आक्रमणमा चार हजारको ज्यान गइसकेको छ । करिब ६ लाख नागरिक बिस्थापित भएका छन् ।
रासस

प्रकाशित: Feb 03, 2020| 15:21 सोमबार, माघ २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।