आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनकाे गुनासाे : अमेरिकाले काेराेनाबारे बढाइचढाइँ गर्‍याे

चीनकाे गुनासाे : अमेरिकाले काेराेनाबारे बढाइचढाइँ गर्‍याे

चीनले कोरोना भाइरस संक्रमणसँग लड्न चीनलाई अमेरिकाले सहयोग नगरेको गुनासाे गरेकाे छ।
 |  मंगलबार, माघ २१, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २१, २०७६

काठमाडौं– चीनले कोरोना भाइरस संक्रमणसँग लड्न चीनलाई अमेरिकाले सहयोग नगरेको गुनासाे गरेकाे छ।

National life

विदेश मन्त्रालयकी प्रवक्ता ह्वा छुन यिङले सोमबार पत्रकार सम्मेलनमा अमेरिकाले भाइरस सम्बन्धमा विश्व स्वास्थ्य संगठनको नियमविपरीत बढी चासो राखेको बताइन्।

प्रवक्ता ह्वाले भनिन्, ‘अमेरिकी सरकारले अहिलेसम्म चिनियाँ पक्षलाई सहयोग गरेको छैन ।’ अमेरिकाले वुहानबाट त्यहाँ रहेका अमेरिकी महावाणिज्य दूतावाससहित अमेरिकी नागरिकलाई फिर्ता लगेको छ ।

अमेरिकाले आफ्ना नागरिकलाई उच्च जोखिम रहेको भन्दै चीन भ्रमण नगर्न आदेश दिएको छ।

साथै चीनबाट जाने चिनियाँ र पछिल्लो समय चीन भ्रमण गरेका विदेशीहलाई समेत अमेरिका प्रवेशमा रोक लगाएको छ। ह्वाले अमेरिकाबाहेक विश्वका प्रायः मुलुकहरूले चीनको भाइरसविरूद्ध चालेका कदमको प्रशंसा र समर्थन गरेको पनि बताइन्।

Laxmi sunrise bank
kumari

उनले कोरोना भाइरसविरूद्धको युद्ध जित्न सक्षम रहेको बताइन्। भाइरस निर्मूल गर्न चीनले आफ्ना नागरिक तथा चीनमा रहेका विदेशीहको सुरक्षा तथा शारीरिक स्वास्थ्यमा उच्च महत्त्व दिएको उनको भनाइ छ।

चीनमा रहेका १६ विदेशीलाई कोरोना भाइरस लागेको र तीमध्ये २ जनाको सफल उपचार भएको उनले बताइन्।

अन्य १४ जनाको अवस्था खतरामुक्त रहेको प्रवक्ता ह्वाले स्पष्ट पारेकी छन्।

चीनले भाइरसबाट अतिप्रभावित हुपै प्रान्तका विदेशीका लागि २४ घण्टे हटलाइन उपलब्ध गराएको छ। यस्तै बहुभाषिक माध्यमबाट सेवा दिइरहेको प्रवक्ता ह्वाले बताइन्।

प्रकाशित: Feb 04, 2020| 09:54 मंगलबार, माघ २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।