आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना भाइरसबाट मर्नेको संख्या ५६२ पुग्यो, चीनबाहिर दुईजना

कोरोना भाइरसबाट मर्नेको संख्या ५६२ पुग्यो, चीनबाहिर दुईजना

चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६२ जनाको मृत्यु भएको छ। त्यसैगरी चीनसहित विश्वभरका विभिन्‍न मुलुकमा गरी २८ हजारभन्दा बढीमा यसको संक्रमण भएको बताइएको छ।
 |  बिहीबार, माघ २३, २०७६

नेपाल समय

नेपाल समय

बिहीबार, माघ २३, २०७६

बेइजिङ– चीनको वुहानबाट सुरु भएको नोवल कोरोना भाइरसको संक्रमणबाट अहिलेसम्म ५६२ जनाको मृत्यु भएको छ। त्यसैगरी चीनसहित विश्वभरका विभिन्‍न मुलुकमा गरी २८ हजारभन्दा बढीमा यसको संक्रमण भएको बताइएको छ।

National life

विश्व स्वास्थ्य संगठनका अनुसार चीन बाहिर फिलिपिन्स र हङकङमा एक–एकजनाको मृत्यु भएको छ।

अहिलेसम्म कोरोनाविरुद्धको उपचारका लागि छुट्टै खोप बनिनसकेको भए पनि थाइल्यान्डका चिकित्सकहरुले एन्टि ड्रगको प्रयोगबाट उपचार गरिरहेको र संक्रमित निको भएको दाबी गरिएको छ।

यो भाइरसको संक्रमण चीनमा महामारीको रुपमा फैलिएपछि विभिन्‍न मुलुकले वुहानमा रहेका आफ्ना नागरिकलाई उद्धार गरेर फिर्ता लगेका छन्।

त्यसैगरी अमेरिका, अस्ट्रेलिया लगायतका मुलुकहरुले चीनका पर्यटकहरुलाई अस्थायी रुपमा प्रतिबन्ध लगाएका छन्। उनीहरुले १४ दिनेदेखि वुहानमा रहेका कुनै पनि विदेशीलाई समेत आफ्नो मुलुक प्रवेशमा रोक लगाएका छन्।

Laxmi sunrise bank
kumari

एजेन्सी

 

प्रकाशित: Feb 06, 2020| 09:31 बिहीबार, माघ २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।