आइतबार, चैत १, २०८२

सातामै तयार भयो उहानमा हजार शय्याको अस्पताल

कोरोना भाइरस संक्रमित चीनको उहानमा एक हजार शय्याको नयाँ अस्पताल भवन निर्माण सम्पन्न भएको छ।
 |  आइतबार, माघ १९, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, माघ १९, २०७६


काठमाडौं– कोरोना भाइरस संक्रमित चीनको उहानमा एक हजार शय्याको नयाँ अस्पताल भवन निर्माण सम्पन्न भएको छ। निर्माण सुरु भएकाे एक सातामै सम्पन्न उक्त अस्पतालमा कोरोनाभाइरस संक्रमित बिरामीको उपचार हुनेछ।

National life

उवानका मेयर झोउ छिनवाङले स्थानीय समयअनुसार आइतबार सेनालाई अस्पताल भवन हस्तान्तरण गरेको चिनियाँ टेलिभिजन च्यानल सीसीटीभीले जनाएको छ।

१४ सय सैनिक मेडिकल अधिकारीहरूले सोमबारदेखि अस्पतालमा उपचार सुरु गर्नेछन्। चिनियाँ सरकारी सञ्चारमाध्यमले जनवरी २३ मा नयाँ अस्पताल बनाउने योजना अघि सारका थिए।

प्रिफ्याब प्रयोग गरिएको यो भवन ६ दिनमै निर्माण सम्पन्न भएको दाबी गरिएको छ। यस्तै फेब्रुअरी ५ मा अर्को अस्पताल तयार हुनेछ । साथै २६ सय शय्याका अन्य दुई अस्पताल पनि निर्माण सम्पन्न हुने तयारीमा छन्।

प्रकाशित: Feb 02, 2020| 15:08 आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।