ताइवानको रक्षा मन्त्रालयले परमाणु बम खसाल्ने क्षमता सहितका विमानहरू "एअर डिफेन्स आइडेन्टीफिकेसन जोन" भनिने आफ्नो हवाई प्रतिरक्षा पहिचान क्षेत्र भित्र दुई चरणमा प्रवेश गरेको जनाएको छ।
भारतको निकट छिमेकी श्रीलङ्कालाई महत्व दिएर भारतका विदेश सचिवले भ्रमण गर्न लागेको जनाइएको छ। 'छिमेकी प्रथम' भन्ने भारतको विदेश नीतिअनुसार छिमेकीलाई प्रथम प्राथमिकता दिएको रुपमा व्याख्या गरिएको छ।
यहुदीविरोधी विचारधारा, नस्लभेद र समलिंगीविरुद्ध घृणा फैलाउनका भिडियो गेम प्रयोग भइरहेको पाइएको छ। इन्स्टिच्यूट अफ स्ट्रयाटेजिक डाइयलगले झण्डै तीन महिना लगाएर गरेको अनुसन्धानमा यस्तो पाइएको हो।
१९ औं शताब्दिको एक कविताको सम्मानमा बनाइएको मूर्तिमा कपडा कम लगाएकी महिलालाई प्रस्तुत गरेको भन्दै महिला विरोधी विचारधारा राख्नेहरुले विवाद सिर्जना गरेका छन्।
जनरल मिल र जनरल फ्र्यांक म्याकेन्जीले अमेरिकी संसद्मा राष्ट्रपतिलाई सेना अफगानिस्तानमा राख्न सल्लाह दिएको भए पनि उक्त सल्लाह यसअघि गरिएको सहमति विपरीत हो।
चीनले विश्वभर आफ्नो लगानी विस्तार गर्दै गएपछि चिनियाँ लगानीप्रति संशय पैदा भएको छ। चीनले अमेरिकासहित अन्य शक्ति राष्ट्रको भन्दा करिब दोब्बर लगानी गरिरहेको पाइएको छ।
पाकिस्तानको लाहोरस्थित एक अदालतले ईश्वर निन्दाको अभियोगमा दोषी ठहर गर्दै मानसिक सन्तुलन बिग्रिएकी एक महिलालाई मृत्युदण्डको सजाय सुनाएको छ। उनलाई ५० हजार जरिवाना तिर्नुपर्नेसमेत आदेश गरेको छ।
अमेरिकी सांसद्समेत रहेका 'सिनेट आर्म्ड सर्भिस कमिटी' का प्रमुख ज्याक रिडले अफगानिस्तान सरकार पतनको कारणबारे प्रश्नको जवाफ सांसद्हरुले मागिरहेको बताएका हुन्।
नेदरल्यान्डका प्रधानमन्त्री मार्क रुटको हत्या योजना बनाएको आशंकामा प्रहरीले एकजना राजनीतिज्ञलाई पक्राउ गरेको छ। उनलाई हेगबाट पक्राउ गरिएको बीबीसीले जनाएको छ।