मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन् शक्तिशाली

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई बनायो झन् शक्तिशाली

चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाइट तस्विरले देखाएका छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

बेइजिङ- चीनले ताइवान नजिकैको सैन्य हवाई क्षेत्रलाई थप सशक्त गरेको स्याटलाइट तस्विरले देखाएका छन्। ताइवानमाथि अतिक्रमणको प्रयास स्वरुप चीनले पछिल्लो कदम चालेको हो।  

National life

साउद चाइना मर्निङ पोस्टका अनुसार फुजियान प्रान्त नजिकका तीन हवाई क्षेत्रलाई थप विकास गरिएको छ। बलियो बनाइएका ती क्षेत्रले चीनको हवाई फौजलाई आकाशमा शत्रुबिरुद्ध लड्न सहयोग गर्नेछन्।

एक साताअघि चीनको जनमुक्ति सेनाको हवाई फौजले ताइवानको रक्षा क्षेत्रमा १५० ओटा लडाकु विमान उडाएपछि स्याटलाइट तस्बिर सार्वजनिक गरिएका थिए। ताइवानको सुरक्षा क्षेत्रमा चिनियाँ लडाकु विमान उडेपछि दुई देशबीचको तनाब चुलिएको छ। विवादमा अमेरिकासमेत तानिएको छ। ताइवानमाथि हमला भए अमेरिका चुप लागेर नबस्ने वासिंगटनले चीनलाई चेतावनी दिइसकेको छ। 

लंगटियान, हुइएन र झाङझोउ आधार क्षेत्र बाट खिचिएका तस्बिरमा चीनले निर्माण गरिरहेको भण्डारण बंकर, लामा एप्रोन र नयाँ प्रशासकीय भवनहरु देख्न सकिन्छ। 

तस्बिरलाई सुरुमा अमेरिकाको सेनाको वेबसाईट दी ड्राइभले सार्वजनिक गरेको थियो। सन् १९८० को दशकको समयमा निर्माण गरिएका पूर्वाधारहरुलाई सन् २०२० को सुरु देखि पुनः निर्माण गरेको तस्बिरमा देखिन्छ। कोभिड महामारीको समयमा पनि निर्माण कार्य जारी रहेको थियो। 

Laxmi sunrise bank
kumari

लंगटाएन वायुक्षेत्रलाई ठूलो र हवाई रक्षा स्थापनाको रुपमा विकसित गरिएको छ। त्यहाँ कम्तिमा पाँच ओटा बंकरहरु थप प्रशासकीय केन्द्रहरु निर्माण भइरहेका छन्। 

प्रकाशित: Oct 15, 2021| 21:30 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।