मंगलबार, फागुन २६, २०८२

भारतमा किसानको हात र खुट्टा काटेर पाशविक हत्या

भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन्।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

नयाँ दिल्ली- भारतमा एक किसान हत्याका आरोपितमध्येका एक व्यक्तिले प्रहरीसमक्ष आत्मसर्मपण गरेका छन्। शिख समुदायमा आबद्ध निहाङ समूहका  सर्वजित सिंहले हत्याको जिम्मा लिँदै प्रहरीसमक्ष आत्मसर्मपण गरेका हुन्। शुक्रबार साँझ हरियाणा र दिल्लीको सिमाको सिंघुमा एक किसानको बायाँ हात र दायाँ खुट्टा काटिएको बेवारिसे शव फेला परेको थियो। आत्मसर्मपणपछि पक्राउ परेका सिंहलाई शनिबार नै अदालतमा पेस गर्ने प्रहरीको तयारी छ। 

National life

किसानको शव शुक्रबार साँझ पाँच बजे सडकको एउटा छेउमा फालिएको अवस्थामा फेला परेको थियो। मारिएका व्यक्ति पन्जाबका अन्दाजी ३५ वर्षका लखबीर सिंह भएको प्रहरीले जनाएको छ। उनका श्रीमति र तीन छोरी छन्।  उनको पाशविक हत्या गरेका तीन ओटा भिडियो सार्वजनिक भएका छन्। 

एउटा भिडियोमा लखनबीरको बायाँ हात काटेपछि आक्रमणकारीको समूह उनको शरीर कुच्लिएको देख्न सकिन्छ। उनको हात र खुट्टा काट्नुअघि उनलाई निर्मम ढंगले कुटपिट गरिएको थियो। शिख धर्मालम्बीहरुको पवित्र पुस्तक गुरु ग्रन्थ साहिबलाई अपमान गरेको आरोपमा उनको पाशविक हत्या गरिएको अनुमान गरिएको छ।  यसको स्वतन्त्र पुष्टि हुन बाँकी छ। 

यसअघि हरियाणाका मुख्यमन्त्री एमएल खातरले दोषीलाई कडा कारबाही गर्ने चेतावनी दिएका थिए। उनको पाशविक हत्या गरेको भिडियो सार्वजनिक भएपछि गृहमन्त्री अनिल भिजे र हरियाणा प्रहरी प्रमुखसँगको भेटमा उनले हत्यारालाई कडा कारबाही गरिने बताएका थिए। 

यसैबीच किसानहरुको छाता संगठन संयुक्त किसान मोर्चाले हत्याको निन्दा गर्दै आक्रमणकारी र पीडित दुबै जना आफ्नो संगठनमा आबद्ध नरहेको जनाएको छ।  -एजेन्सी

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 16, 2021| 09:08 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।