मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन स्वास्थ्य अवस्था कस्तो छ?

अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टन स्वास्थ्य अवस्था कस्तो छ?

उनका प्रवक्ता एन्जल उरेनियाले पूर्वराष्ट्रपति क्लिन्टनलाई क्यालिफोर्नियाको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएकी छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

वाशिङ्टन- अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन्। उनका प्रवक्ता एन्जल उरेनियाले पूर्वराष्ट्रपति क्लिन्टनलाई क्यालिफोर्नियाको एक अस्पतालमा भर्ना गरिएको जानकारी दिएकी छन्।

National life

उनलाई मंगलबार अस्पताल भर्ना गरिएको र स्वास्थ्यमा सुधार भइरहेको बताइएको छ। उनलाई अस्पताल भर्ना गरिएको भए पनि यसबारेमा केही जानकारी दिइएको थिएन।

७५ वर्षीय क्लिन्टनलाई मुटुसम्बन्धी समस्या रहेको अस्पताल स्रोतले रोयटर्सलाई जानकारी दिएको छ। उनको उपचार गराइरहेका चिकित्सकका अनुसार हाल क्लिन्टनलाई एन्टिबायोटिक्स र फ्लूइड्स दिइएको छ। 

उनलाई लगातार चिकित्सकको निगरानी आवश्यक पर्ने भएकोले उनलाई अस्पतालमा नै राखिएको छ। चिकित्सले भने, 'दुई दिनको उपचारपछि उनको सेता रक्तकोष (डब्लूबीसी) कम भइरहेको छ। एन्टिबायोटिक्सले काम गरिरहेको छ।' 

अस्पतालको टोलीले न्युयोर्कमा रहेको क्लिन्टनको मेडिकल टिम र कार्डियोलोजिस्टसँग पनि सम्पर्क गरेको बताइएको छ। चाँडै निको हुने र घर पठाइने अस्पतालले जानकरी दिएको छ। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 15, 2021| 14:31 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।