मंगलबार, फागुन २६, २०८२

बेलायतमा सांसदको छुरा प्रहार गरेर हत्या

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

लन्डन- बेलायतमा एक जना सांसदको छुरा प्रहार गरेर हत्या गरिएको छ। साउद इन्ड वेष्ट निर्वाचन क्षेत्रका सांसद सर डेभिड अमिसमाथि उनकै निर्वाचन क्षेत्रको बेलफेयर मेथोडिष्ट चर्च, लि अन द सीमा रहेको कार्यालयमा शुक्रबार छुरा प्रहार भएको थियो।

National life

एसेक्सको साउद इन्ड वेष्टको प्रतिनिधित्व गर्ने सर डेभिडमाथि शुक्रवार दिउँसो बेलफेयर मेथोडिस्ट चर्चमा आक्रमण भएको थियो।

सांसदको हत्याको आशंकामा २५ वर्षिय एक व्यक्ति पक्राउ परेका छन्। आक्रमणकारीले सांसद डेभिडमाथि पटक पटक छुरा प्रहार गरेको  पोस्टमाटममा देखिएको छ।

६९ वर्षिय सांसद डेबिडका ५ जना छोराछोरी रहेका छन्।  अमिस सन् १९८३ देखि सांसद थिए। उनी साउद इन्ड वेष्टबाट सन् १९९७ देखि निरन्तर निर्वाचित हुँदै आएका थिए। -एजेन्सी

प्रकाशित: Oct 16, 2021| 06:25 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।