मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • नाइजेरियामा सेप्टेम्बरयता सैन्य कारबाहीम २५० जना बन्दुकधारी मारिए

नाइजेरियामा सेप्टेम्बरयता सैन्य कारबाहीम २५० जना बन्दुकधारी मारिए

नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

अबुजा- नाइजेरियाको सेनाले बिहीबार दिएको जानकारी अनुसार सेप्टेम्बर महिनायता करिब २५० जना हतियारधारी मारिएका छन्। 

National life

सेप्टेम्बर महिनायता कम्तीमा पनि २५० जना बन्दुकधारीहरु सेनाको कारबाहीमा परी मारिएका छन्। जनाइएअनुसार गएको सेप्टेम्बर महिना यतादेखि बिहीबारसम्मा कम्तीमा पनि २५० जना मारिएका हुन्।

नाइजेरियाको उत्तरपूर्वी क्षेत्रमा ती हतियारधारीहरु मारिएका पनि सो समाचारमा जनाइएको छ। अबुजामा बिहीबार गराइएको पत्रकार सम्मेलनमा सो कुराको जानकारी दिइएकोे हो। यस क्रममा यहाँको सेनाले गरेको कारबाहीका क्रममा अरु ६०० जना भन्दा बढीलाई पक्राउ गरिएको छ। उनीहरुलाई यहाँका विभिन्न कारागारमा राखिएको पनि बताइएको छ।

सैन्य प्रवक्ताले सो पत्रकार सम्मेलनमा दिएको जानकारीअनुसार यस कारबाहीलाई यहाँको सेनाले एक सफल सैन्य कारबाही भनेको छ। 

नाइजेरियाको उत्तरपूर्वी विभिन्न स्थानमा अज्ञात हतियारधारीहरुले नागरिकको हत्या गर्ने गर्दछन्। सेनाले महिना दिन यता गरेको कारबाहीमा ती बन्दुकधारीहरुबाट ठूलो संख्यामा हतियार पनि बरामद गरिएको जनाएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 15, 2021| 16:00 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।