बिहीबार, वैशाख २४, २०८३

ताइवानको एक आवासीय भवनमा आगलागी हुँदा ४६ जनाको मृत्यु

ताइवानको एक आवासीय भवनमा आगलागनी हुँदा ४६ जनाको मृत्यु भएको छ। ताइवानको दक्षिणी सहर काओसुइङमा रहेको भवनमा आगलागी भएको हो।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

ताइवान- ताइवानको एक आवासीय भवनमा आगलागनी हुँदा ४६ जनाको मृत्यु भएको छ। ताइवानको दक्षिणी सहर काओसुइङमा रहेको भवनमा आगलागी भएको हो। उक्त आगलागीमा अन्य ४१ जना घाइते भएको ताइवानका अधिकारीहरुले जानकारी दिएका छन्। 

National life

भवनको १३ औं तलाबाट धुवाँ निस्किएको देखिएको थियो। बिहान ३ बजेतिर विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले स्थानीय सञ्‍चारमाध्यमलाई जानकारी दिएका छन्। 

काओसुइङको अग्‍नि नियन्त्रण विभागले एक विज्ञप्ति जारी गर्दै ४० वर्ष पुरानो भवनमा अहिले आगो नियन्त्रणमा ल्याइसकेको जनाएको छ। 

उद्धारका क्रममा ४६ जनाको शव निकालिएकोसमेत बताइएको छ। आगोबाट धेरै तलाहरु ध्वस्त भएको र निकै भयानक दृश्य देखिएको बताइएको छ। 

विभाका अनुसार ५५ जनालाई उपचारका लागि अस्पताल पुर्‍याइएको छ। आगलागीको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ। 


प्रकाशित: Oct 15, 2021| 15:11 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।