बिहीबार, वैशाख २४, २०८३
  • गृहपृष्ठ
  • विदेश
  • साउदी अरबमा अब मक्का र मदिनाका मस्जिद पूर्णरुपमा खुल्‍ने

साउदी अरबमा अब मक्का र मदिनाका मस्जिद पूर्णरुपमा खुल्‍ने

साउदी अरबले मक्का र मदिनामा रहेका मस्जिदहरु आइतबारदेखि पूर्णरुपमा खुला गरिने र सामाजिक दूरीको नियम हटाउने निर्णय गरेको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

रियाद- साउदी अरबले मक्का र मदिनामा रहेका मस्जिदहरु आइतबारदेखि पूर्णरुपमा खुला गरिने र सामाजिक दूरीको नियम हटाउने निर्णय गरेको छ।

National life

साउदी प्रेस एजेन्सीका अनुसार यी मस्जिदहरुमा अब पूर्ण क्षमता अनुसार मानिसहरु राख्‍न सकिने भएको छ। तर, कोरोना भाइरसविरुद्धको दुबै डोज खोप लगाएकाहरुलाई मात्रै मस्जिद प्रवेशको अनुमति दिइने भएको हो। 

अनिवार्य मास्क लगाउनुपर्ने र ट्र्याकिङ एपको प्रयोग गर्नुपर्ने नियम राखिएको छ। कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि यसअघि सरकारले धार्मिक स्थलमा प्रवेशमा प्रतिबन्ध लगाएको थियो। विस्तारै उक्त प्रतिबन्धहरु फुकुवा गर्न लागिएको हो।

साउदी अरबको गृहमन्त्रालयले शुक्रबार गरेको निर्णय अनुसार दुबै डोज खोप लगाएका व्यक्तिहरु सहभागी हुने गरी सभा गर्न नपाइने र खोप लगाएकाहरुलाई सार्वजनिक स्थलहरुमा मास्क अनिवार्य लगाउनु नपर्ने बताइएको छ। 

तर, कोरोना महामारी पूर्णरुपमा नियन्त्रणमा आइ नसकेका कारण मास्क लगाउन सुझाइएको छ। 


प्रकाशित: Oct 16, 2021| 17:40 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।