मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • सांसद डेभिडको हत्यामा मुस्लिम अतिवादीको संलग्नता : बेलायत प्रहरी

सांसद डेभिडको हत्यामा मुस्लिम अतिवादीको संलग्नता : बेलायत प्रहरी

बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

National life
Laxmi sunrise bank
kumari

लन्डन- बेलायतमा कन्जरभेटिभ पार्टीका सांसद सर डेभिड अमिसको हत्यालाई बेलायत प्रहरीले आतंककारी हमला भनेको छ। डेभिडको शुक्रबार एसेक्सको लेग अन सीमा शुक्रबार छुरा प्रहार गरी हत्या भएको थियो। आक्रमणमा मुस्लिम अतिवादीको सम्बन्ध रहेको हुन सक्ने महानगरीय प्रहरीले जनाएको छ। 

हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक २५ वर्षीय बेलायतीलाई पक्राउ गरेको छ। अनुसन्धानका क्रममा प्रहरी अधिकारीहरुले अहिले लन्डन क्षेत्रका दुई ओटा ठेगाना खोजी गरिरहेका छन्। सो हमला एक जना व्यक्तिले नै गरेको प्रहरीको विश्वास छ। तर, घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। 

पक्राउ परेका व्यक्ति इसेक्समा थुनामा छन्। नी सोमालियाली मूलको बेलायती नागरिक भएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ। साउदइन्ड वेस्टबाट प्रतिनिधित्व गर्ने ६९ वर्षीय डेभिडको शुक्रबार एउटा चर्चमा चक्कु प्रहर गरी हत्या भएको थियो।    -एजेन्सी

प्रकाशित: Oct 16, 2021| 10:23 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।