मंगलबार, फागुन १९, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ को मृत्यु

अफगानिस्तानको मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ को मृत्यु

अफगानिस्तानको कान्दहार सहरस्थित एउटा सिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।
 |  शुक्रबार, असोज २९, २०७८

बीबीसी

बीबीसी

शुक्रबार, असोज २९, २०७८

काठमाडौं– अफगानिस्तानको कान्दहार सहरस्थित एउटा सिया मस्जिदमा विस्फोट हुँदा कम्तीमा १६ जनाको ज्यान गएको छ।

घटनामा ३२ जना घाइते भएका छन्। शुक्रवारको साप्ताहिक प्रार्थनाका बेला विस्फोट भएको हो।

इमाम बारगाह मस्जिदमा भएको विस्फोटमा मस्जिदका झ्याल फुटेको र शव भुइँमा अरसल्ल परेका तस्बिर सामाजिक सञ्जालमा राखिएका छन्।

विस्फोटको कारण स्पष्ट भएको छैन, तर आत्मघाती हमलाकारीले विस्फोट गराएको हुन सक्ने आशंका गरिएको छ।

गत शुक्रबर उत्तरी सहर कुन्दुजस्थित शिया मस्जिदै विस्फोट हुँदा कम्तीमा ५० जना मारिएका थिए।

kumari

प्रकाशित: Oct 15, 2021| 16:41 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।