बिहीबार, माघ १, २०८२

सुडानमा राजनीतिक संकट बढ्दै गएपछि सैन्य कू गर्न माग

सुडानमा राजनीतिक संकट बढ्दै गएपछि विपक्षीहरुले सेनालाई कू गर्न माग गर्दै शनिबार राजधानी खार्तुममा प्रदर्शन गरेका छन्।
 |  आइतबार, असोज ३१, २०७८

बीबीसी

बीबीसी

आइतबार, असोज ३१, २०७८

खार्तुम- सुडानमा राजनीतिक संकट बढ्दै गएपछि विपक्षीहरुले सेनालाई कू गर्न माग गर्दै शनिबार राजधानी खार्तुममा प्रदर्शन गरेका छन्। 

National life

राजनीतिक संकट बढ्दै गएपछि विपक्षीहरुले राष्ट्रपति कार्यालय अगाडि प्रदर्शन गरेका हुन्। सन् २०१९ मा तत्कालीन राष्ट्रपति ओमार अल-बसिरको बर्खास्तीपछि नागरिक र सैन्य समूहले मिलेर शासन गरिरहेका थिए। 

सन् २०१९ पछि नै सैन्य नेताहरुले 'फोर्स अफ फ्रिडम एन्ड चेन्ज' (एफएफसी) को पुनर्संरचनाको माग गरेका थिए। सडकमा सैन्य कूको माग भइरहेको समयमा सेनाले पनि क्याबिनेट प्रतिस्थापन गर्नुपर्ने बताइरहेको छ। 

यद्पि सत्तामा रहेका नेताहरुले नै 'शक्ति हत्याउन' का नयाँ खेल खेलिएको बताएका छन्।

शनिबार सैन्य समर्थक प्रदर्शनकारीहरुले 'भोको सरकारलाई अपदस्थ गर' भन्दै नाराबाजी गरिएको थियो। उनीहरुले सेना प्रमुख जनरल अब्देल फतेह अल बुरहा र सुडान संयुक्त नागरिक-सैन्य परिषद्लाई सैन्य कू गर्न माग गरेका हुन्। 

Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 17, 2021| 10:19 आइतबार, असोज ३१, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।