मंगलबार, फागुन २६, २०८२

अफगानिस्तानमा मस्जिद बिस्फोटमा मृत्यु हुने ३२ पुगे

अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

काबुल- अफगानिस्तानको दक्षिणी सहर कान्दहारको एउटा मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ३२ पुगेको छ। कन्दाहरको सिते मस्जिदमा भएको सो बिस्फोटमा ५३ जना घाइते भएका छन्। 

National life

शुक्रबार मस्जिदमा गराइएका बिस्फोटहरु आत्मघाती भएको तालिवान अधिकारीहरुले बताएका छन्।घाइतेहरुको अवस्था गम्भिर रहेकोले मृतकको संख्या अझै बढ्ने अनुमान गरिएको छ।

मस्जिदको मुख्य ढोकामा, मस्जिदको दक्षिण भागमा र प्रार्थनपछि हात धुने स्थलमा गरी तीन ओटा बिस्फोट भएको साँक्षीको भनाई उदृत गर्दै अफगान सञ्चार माध्यमहरुले जनाएका छन्। दोषीलाई कारबाही गरिने तालिवान सरकारका गृहमन्त्री क्वारी सइद खोस्तीले बताएका छन्। 

प्रार्थनको समयमा बिस्फोट गराइएको थियो। बिस्फोटनको कारण केही खुलेको छैन। त्यस्तै, बिस्फोटको जिम्मा पनि कुनै समूहले लिएको छैन। -एजेन्सी

प्रकाशित: Oct 15, 2021| 20:28 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।