मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • भारतीय कांग्रेसको पूर्णकालीन अध्यक्ष आफैं भएको सोनियाको दाबी

भारतीय कांग्रेसको पूर्णकालीन अध्यक्ष आफैं भएको सोनियाको दाबी

भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले आफैंलाई नै पूर्णकालीन अध्यक्ष भएको दाबी गरेकी छन्।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

नयाँ दिल्ली- भारतीय कांग्रेसकी अन्तरिम अध्यक्ष सोनिया गान्धीले आफैंलाई नै पूर्णकालीन अध्यक्ष भएको दाबी गरेकी छन्। पार्टीको कार्यसमिति बैठकमा उनले आफू नै पूर्णकालीन अध्यक्ष भएको दाबी गरेकी हुन्। 

National life

उनले भनिन्, 'यदि तपाईंहरुले भन्‍न दिनुहुन्छ भने म नै पार्टीको पूर्णकालीन अध्यक्ष हो। मैले सधैं स्पष्ट कुरा गरेको छु। मलाई मिडियामार्फत यो कुरा भन्‍न आवश्यक छैन।' 

दिल्लीस्थित कांग्रेस मुख्यालयमा शनिबार बसेको कार्यसमिति बैठकमा पार्टीप्रति प्रश्‍न गरिरहेका नेताहरुले सोनियाले जवाफ दिएकी हुन्। 

यस क्रममा उनले पार्टीको हितलाई सर्वोपरी राख्‍ने र अनुशासन कायम गर्नपर्नेसमेत बताएकी छन्। पार्टीको अध्यक्ष चयन गर्नका लागि सोनियालाई पत्र लेखेका २३ नेताहरुलाई सोनियाले शनिबार स्पष्ट जवाफ दिएकी हुन्। पार्टीको अध्यक्ष चयन गर्नुपर्ने भन्दै २३ नेताहरुले पार्टीको फैसला कसले गरिरहेको छ भन्‍ने थाहा हुनुपर्ने बताएका थिए। 

सोनियाले भनिन्, 'पूरा संगठन कांग्रेसलाई फेरि उठाउन चाहन्छ। तर, यसका लागि एकता र पार्टीको हितलाई सबैभन्दा माथि राखिनुपर्छ। त्यसका लागि सबैभन्दा पहिले स्व-नियन्त्रण र अनुशासन कायम गर्नुपर्छ।' 

Laxmi sunrise bank
kumari

यसअघि सन् २०२० को निर्वाचनमा भारतीय कांग्रेस पराजित भएपछि अध्यक्ष राहुल गान्धीले पदबाट राजीनामा दिएका थिए।  

प्रकाशित: Oct 16, 2021| 19:55 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।