शुक्रबार, साउन ८, २०८३

जम्मुमा चरमपन्थी मुठभेडमा परी दुई सैनिकको मृत्यु

जम्मुको सम्भाग नियन्त्रण रेखासँग जोडिएको पुँछको घना जंगलमा लुकेर बसिरहेका चरमपन्थीहरुले बिहीबार राति भारतीय सेनामाथि आक्रमण गर्‍यो। उक्त आक्रमणमा दुई सैनिक मारिएका छन्।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

जम्मु- जम्मुको सम्भाग नियन्त्रण रेखासँग जोडिएको पुँछको घना जंगलमा लुकेर बसिरहेका चरमपन्थीहरुले बिहीबार राति भारतीय सेनामाथि आक्रमण गर्‍यो। उक्त आक्रमणमा दुई सैनिक मारिएका छन्। 

यस आक्रमणको समयमा सेनाका जवानहरु खुफिया जानकारीका आधारमा मेण्ढर तहसीलको भाटादुडियाँ इलाकामा खोजी अभियान चलाइरहेका थिए। 

जम्मुको सुरक्षा विभागका प्रवक्ता लेफ्टिनेन्ट कर्णेल देवेन्द्र आनन्दका अनुसार बिहीबार खोजी अप्रेशनका क्रममा दुई जना सेना घाइते भएको र उपचारका लागि लैजाने क्रममा मृत्यु भएको हो। 

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार मुठभेडमा राइफलम्यान बिक्रम सिंह नेगी र राइफल म्यान योगाम्बर सिंहको मृत्यु भएको हो। 

चरमपन्थीविरुद्धको अप्रेसन जारी रहेको भारतीय सेनाले जनाएको छ। भारतीय सेनाले अहिले चारतर्फबाट उक्त क्षेत्रलाई घेरा हालेको छ।  

यसअघि ११ अक्टोबरमा पुँछ जिल्लाको सुरनकोटमा चरमपन्थीले गरेको आक्रमणमा पाँच सैनिक मारिएका थिए।


प्रकाशित: Oct 15, 2021| 14:50 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।