मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शन

बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

ढाका- बंगलादेशमा दुर्गा पूजा पण्डालमा तोडफोडपछि बंगलादेशमा हिंसात्मक प्रदर्शनहरु भएका छन्। शुक्रबार हिन्दु मन्दिर र दुर्गा पूजा पण्डालमा तोडफोड भएपछि राजधानी ढाका र नोआखालीमा प्रदर्शनहरु भएका हुन्। 

National life

उक्त प्रदर्शनहरु रोक्‍न खोज्दा प्रहरीसँग झडप भएको छ। राजधानी ढाकाको पाल्टनस्थित बैतुल मुकर्रम मस्जिद तथा ककरैल इलाकामा र नाआखालीको चौमूहनी झडपहरु भएका हुन्।

त्यसैगरी नोआखालीको बेगमगञ्‍जमा हिन्दु समुदायका घर र पसलहरुमा समेत तोडफोड गरिएको बताइएको छ। उक्त झडपका क्रममा जतनकुरमा साहा नामका एक व्यक्तिको मृत्युसमेत भएको छ। 

ढाका प्रदर्शनका क्रममा मलिबाग मुस्लिम समाजका पोस्टरहरु लिइएका थिए। त्यसैगरी चौमूहनीमा भएको प्रदर्शनमा तौहिदी जनताका पोस्टरहरु थिए। 

प्रदर्शनकारीहरुले भारतको विरोध गर्दै नाराबाजी गरेका थिए। उनीहरुले प्रधानमन्त्री शेख हसिना भारतसँग निकै नजिक भएको आरोपसमेत लगाइएको छ। 

Laxmi sunrise bank
kumari

बिहीबार दुर्गा पूजा पण्डालमा कुरानको अपमान गरेको भन्दै फेसबुकमा पोस्ट राखेपछि पण्डालहरु तोडफोड गरिएका थिए। 


प्रकाशित: Oct 16, 2021| 18:25 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।