मंगलबार, फागुन २६, २०८२

काबुल हमलाको सुरक्षा परिषद र पाकिस्तानद्धारा निन्दा

पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो।
 |  शनिबार, असोज ३०, २०७८

नेपाल समय

नेपाल समय

शनिबार, असोज ३०, २०७८

काबुल- अफगानिस्तानको कान्दाहार सहरमा रहेको एक मस्जिदमा शुक्रबार भएको बम विस्फोटको पाकिस्तानले कडा शब्दमा निन्दा गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले शुक्रबार साँझ नै एक विज्ञप्ति प्रकाशन गरी सो हमलाको निन्दा गरेको हो।

National life

नागरिकले आफ्नो धार्मिक आस्था व्यक्त गर्ने मस्जिद जस्तो स्थानमा गएर उनीहरुको हत्या गर्र्नु एक प्रकारको जघन्य अपराध भएको सो विज्ञप्तिमा जनाइएको छ। 

शुक्रबार अफगानिस्तानको कान्दाहारस्थित सिया मुस्लिम समुदायका नागरिकको उक्त मस्जिदमा प्रार्थनाका बेलामा भएको सो विस्फोटमा परी ३२ जनाको ज्यान गएको बताइएको छ। 

शुक्रबार अपराह्न एकै पटक तीन वटा विस्फोट भएको र ती विस्फोटमा परेर कम्तीमा ३२ जनाको ज्यान गएको तथा भने अरु कम्तीमा पनि ६८ जना घाइते भएका अफगानिस्तानको सुरक्षा निकायले जनएको छ। 

साथै सो हिंसात्मक हमलाको संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले पनि निन्दा गरेको छ। सुरक्षा परिषदको शुक्रबारको बैठकले सो हमलाको निन्दा गर्दै यस्ता जघन्य अपराधमा संलग्नहरुलाई कडा भन्दा कडा कारबाही गर्न पनि माग गरेको छ। शुक्रबार तीनजना हमलाकारीले आक्रमण गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

Laxmi sunrise bank
kumari

प्रत्यक्षदर्शीका अनुसार एकजना आक्रमणकारीले सो मस्जिदको प्रवेशद्वारमा विस्फोट गराएको र अरु जना भने मस्जिदको भित्रै प्रवेश गरेर आक्रममण गरेका थिए। त्यस समयमा सो मस्जिदमा शुक्रबारको प्रार्थना भइरहेकाले गर्दा धेरै नागरिको ज्यान गएको बताइएको  थियो। 

प्रकाशित: Oct 16, 2021| 17:15 शनिबार, असोज ३०, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।