मंगलबार, फागुन २६, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • आरएसएस प्रमुखले भने - मुस्लिम जनसंख्यामा बढ्‍यो, मुलुकको एकता र अखण्डताका लागि खतरा

आरएसएस प्रमुखले भने - मुस्लिम जनसंख्यामा बढ्‍यो, मुलुकको एकता र अखण्डताका लागि खतरा

विदेश घुसपैठ र मतान्तरणका कारण देशको समग्र जनसंख्या, विशेषगरी सीमावर्ती क्षेत्रको जनसंख्याको अनुपातमा वृद्धि भएको छ।
 |  शुक्रबार, असोज २९, २०७८

नेपाल समय

नेपाल समय

शुक्रबार, असोज २९, २०७८

नयाँ दिल्ली- राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) का प्रमुख मोहन भागवतले विजयादशमीको अवसरमा नागपुरस्थित आरएसएस मुख्यालयमा शस्‍त्र पूजा गरेका छन्। उनले यही अवसरमा बोल्दै धार्मिक जनसंख्या वृद्धिदरमा आएको अन्तरप्रति चिन्ता व्यक्त गरेका छन्। 

National life

उनले भने, 'विविध सम्प्रदायको जनसंख्या वृद्धिदरमा भारी अन्तर देखिएको छ। विदेश घुसपैठ र मतान्तरणका कारण देशको समग्र जनसंख्या, विशेषगरी सीमावर्ती क्षेत्रको जनसंख्याको अनुपातमा वृद्धि भएको छ।' 

यस्तो असन्तुलनले राष्ट्रको एकता, अखण्डता र सांस्कृतिक पहिचानका लागि गम्भीर संकटको कारण बन्‍नसक्ने उनले बताएका छन्। 

उनले मुस्लिम जनसंख्यामा आएको वृद्धिप्रति पनि चिन्ता व्यक्त गरेका छन्। उनले भनेका छन्, 'सन् १९५१ र २०११ का बीच जनसंख्या वृद्धिदरमा भारती अन्तर देखिएको छ। मुलुकको जनसंख्यामा हिन्दुको संख्या घटेको देखिएको छ। यही मुस्लिमको संख्या अनुपात ९.८ प्रतिशतबाट बढेर १४.२३ प्रतिशत पुगेको छ।'


Laxmi sunrise bank
kumari

प्रकाशित: Oct 15, 2021| 16:25 शुक्रबार, असोज २९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।