नेपाली कांग्रेसको कोरोना असर र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न गठित विशेष समितिले सुरक्षित लकडाउन, चलायमान अर्थतन्त्र भन्ने निष्कर्षसहितको सुझाव दिएको छ।
चैत ११ गते सुरु भएको लकडाउन दुई महिना पूरा हुँदा मनसुन सुरु हुने तरखरमा छ। कृषकका लागि यो महत्वपूर्ण समय हो। तर, उनीहरुले राम्रोसँग खेतबारीमा काम गर्न पाएका छैनन्।
आज देशभर सबैभन्दा बढी गर्मी महशुस गरिएको छ। जल तथा मौसम विज्ञान विभागले आज काठमाडौंसहित देशका अधिकांश स्थानको अधिकतम तापक्रम वर्षकै उच्च रहेको बताएको छ।