आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेस विशेष समितिको सुझाव : सुरक्षित लकडाउन, चलायमान अर्थतन्त्र

कांग्रेस विशेष समितिको सुझाव : सुरक्षित लकडाउन, चलायमान अर्थतन्त्र

नेपाली कांग्रेसको कोरोना असर र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न गठित विशेष समितिले सुरक्षित लकडाउन, चलायमान अर्थतन्त्र भन्ने निष्कर्षसहितको सुझाव दिएको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडाैं- नेपाली कांग्रेसको कोरोना असर र अब चाल्नुपर्ने कदमबारे अध्ययन गर्न गठित विशेष समितिले सुरक्षित लकडाउन, चलायमान अर्थतन्त्र भन्ने निष्कर्षसहितको सुझाव दिएको छ।

समितिले कोरोनाबाट लगानी, पूर्वाधार र रोजगारमा परेको र पर्न जाने असर न्यून गर्न चाल्नुपर्ने कदमबारे अध्ययन गरी पार्टीलाई यस्तो सुझाव दिएको हो।

प्रतिवेदनमा नागरिकको जीवन रक्षा, औषधि उपचार र उपकरणको व्यवस्थामा विशेष ध्यान दिनुपर्ने सुझाव दिइएको छ। विपन्न नागरिकले खाद्यान्न संकट व्यहोरिरहेकाले उनीहरुलाई दाल, चामलको विकल्पमा जीवनयापनका लागि लकडाउनभरि र लकडाउन सकिएको तीन महिनासम्म प्रतिपरिवार न्यूनतम मासिक ५ हजार उपलब्ध गराउन सुझाव दिइएको छ।

समितिले अब सुरक्षा अपनाउँदै लकडाउन खुुकुलो पार्न सुझाव दिएको छ। प्रतिवेदनमा भनिएको छ, 'बिना कुनै योजना लकडाउन बढाउँदै जाने हो भने सामाजिक द्वन्द्व बढ्ने निश्चित छ। अब आवश्यक सुरक्षा अपनाउँदै लकडाउन खुकुलो पार्नुपर्छ।' 

सुरक्षाकर्मीको तलबभत्ता बढाउन, बैंकको ब्याज तिर्ने भाका बढाउन पनि समितिले सुझाव दिएको छ। कृषि र पशुपालनका लागि बैंक, लघुवित्त र सहकारीमार्फत परिचालित १ लाख ररुपैयाँसम्मको कर्जा र त्यसमा लागेको ब्याज मिनाहा गर्नुपर्ने सुझाव समितिको छ।

समितिको प्रतिवेदनमा भनिएको छ, 'बैंक तथा वित्तीय संस्थाले ५ लाख रुपैयाँसम्मको कृषि र पशुपालन कर्जा र एक अंकको ब्याजदरमा मात्रै प्रवाह गर्न पाइने नीति ल्याउनुपर्छ।' पशुधन र कृषि बिमा गर्नुपर्ने, व्यावसायिक खेतीलाई प्रोत्साहन गर्नुपर्नेलगायतका सुझाव समितिको छ।

समितिका संयोजक विनोदकुमार चौधरीले कांग्रेस सभापति शेरबहादुर देउवालाई उक्त सुझावसहितको प्रतिवेदन बुझाएका छन्।

प्रकाशित: May 24, 2020| 20:25 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।