आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय समितिमा छलफल गर्ने

कांग्रेसले संविधान संशोधनबारे केन्द्रीय समितिमा छलफल गर्ने

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ।
 |  आइतबार, जेठ ११, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ ११, २०७७

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा केन्द्रीय समितिमा छलफल गर्ने भएको छ।

केन्द्रीय समितिमा छलफल गरी संविधान संशोधनका विषयमा के गर्ने भन्ने निर्णय हुने महामन्त्री पूर्णबहादुर खड्काले नेपाल समयलाई जानकारी दिए।

खड्काका अनुसार लिपुलेक–कालापानी नेपालकै भन्ने विषयमा कांग्रेसले अडान लिँदै आएको छ।

खड्काले भने, ‘लिपुलेक र कालापानी हाम्रौ हो। यस विषयमा वार्ताको मध्यमले समस्या समाधान हुनु पर्छ। यसअघि पनि कांग्रेसले अडान लिँदै आएको छ।’

संविधान संशोधनका विषयमा जनता समाजवादी पार्टीसँग सहकार्य गर्ने विषयमा टुंगो नलागेको उनले सुनाए।

केन्द्रीय समिति बैठक र अन्य विषयमा छलफल जारी रहेको उनले जनाए।

कांग्रेस पदाधिकारी बैठक अहिले जारी छ।

प्रकाशित: May 24, 2020| 18:55 आइतबार, जेठ ११, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।