कोरोना भाइरसको उद्गम स्थल चीनको वुहानमा एकै दिनमा १० लाखभन्दा बढीको कोरोना परीक्षण भएको छ। त्यहाँबाट सुरु भएको यो भाइरस विश्वभर फैलिएको छ र ३ लाख ४४ हजारभन्दा बढीको ज्यान लिइसकेको छ।
स्थानीय स्वास्थ्य अधिकारीका अनुसार वुहानमा शनिबार १० लाखभन्दा बढीको न्युक्लिक एसिड टेस्ट गरिएको छ। त्यसैगरी शुक्रबार १४ लाखको परीक्षण गरिएको थियो।
वुहानमा कोरोना नियन्त्रणमा आइसकेपछि पुनः संक्रमण फैलिन थालेपछि मास टेस्ट गरिएको हो। स्थानीय प्रशासनका अनुसार १ करोड १० लाख जनसंख्या भएको वुहानमा १० दिनभित्र सबैको कोरोना परीक्षण गरिनेछ।
वुहानको मासु बजारमा कोरोनाको इपिसेन्टर मानिँदै आएको छ।
बीबीसी