पाँचथरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जना प्रहरी हवलदारको मृत्यु भएको छ।
इलामदेखि पाँचथरतर्फ गैरहेको मे १ ख १८६३ नम्बरको ट्रकले मे ११ प ४६६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी चौकी राँकेका प्रहरी हवल्दार नबिन बस्नेतको मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायब उपरीक्षक सिद्धराज न्यौपानेका अनुसार झापा अर्जुधारा घर भएका ३७ वर्षीय बस्नेत मोटरसाइकल लिएर ड्युटीमा खटिएका थिए।
दुर्घटनामा परी बेहोस बनेका बस्नेतलाई उपचारका लागि इलाम अस्पताल पुर्याएलगत्तै अस्पतालले मृत घोषणा गरेको न्यौपानेले जानकारी दिए।
ट्रक चालक कमलप्रसाद सुवेदीलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ।