आइतबार, भदौ ७, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भक्तपुरमा कोठामा बोलाएर युवतीमाथि सामूहिक बलात्कार, एक पक्राउ

भक्तपुरमा कोठामा बोलाएर युवतीमाथि सामूहिक बलात्कार, एक पक्राउ

भक्तपुरमा एक युवतीमाथि सामुहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, जेठ १२, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, जेठ १२, २०७७

भक्तपुरमा एक युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

मध्यपुरथिमि नगरपालिका ६ पुरानोथिमिमा डेरा गरी बस्ने २२ वर्षका रोहित गिरीसहित पाँच जनाले २० वर्षीया युवतीलाई बलात्कार गरेको अभियोगमा प्रहरीले घटनामा संलग्नमध्ये एक जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

गिरीले जेठ ८ गते बेलुका युवतीलाई ललाइफकाइ आर्थिक प्रलोभनमा पारेर आफ्नै कोठामा लगेर आफ्ना साथी कवाङ लामासहित चार जनालाई बोलाइ बलात्कार गरेको प्रहरीले जनाएको छ।

पीडित युवतीले घट्नाको भोलिपल्ट महानगरीय प्रहरी वृत्त थिमिमा जाहेरी दिएपछि प्रहरीले काभ्रेपलाञ्चोक तेमाल गाउँपालिका घर भइ मध्यपुरथिमि ६ पुरानोथिमि बस्ने २९ वर्षीय कवाङ लामालाई पक्राउ गरेको जनाएको छ।

प्रहरीले जिल्ला अदालत भक्तपुरबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरेको र फरार अन्य चार जनाको खोजी भइरहेको जनाएको छ।

प्रकाशित: May 25, 2020| 05:53 सोमबार, जेठ १२, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।