कोरोना भाइरस संक्रमणबाट जोगिन नेपालमा बन्दाबन्दी लकडाउन गरिएको आइतबार दुई महिना पूरा भएको छ।
लकडाउनका कारण पूरै देश ठप्प छ। सवारीसाधन चलेका छैनन्, कलकारखाना बन्द छन्, शैक्षिक संस्थामा ताला लागेको छ। आम मानिसको जनजीवन प्रभावि छ। कोरोना संक्रमितको संख्या बढ्दो क्रममा रहेकाले अझै कति लकडाउनको सास्ती भोग्नुपर्ने हो भन्ने टुंगो छैन।
चैत ११ गते सुरु भएको लकडाउन दुई महिना पूरा हुँदा मनसुन सुरु हुने तरखरमा छ। कृषकका लागि यो महत्वपूर्ण समय हो। तर, उनीहरुले राम्रोसँग खेतबारीमा काम गर्न पाएका छैनन्।
लकडाउनको सुरुवातदेखि नै नेपाल समयका फोटो पत्रकार दिनेश श्रेष्ठले काठमाडौं उपत्यकाको जनजीवनलाई आफ्नो क्यामेरामा कैद गरिरहेका छन्।
हेरौं, लकडाउनको दुई महिना पूरा भएको दिन आइतबार उनले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा खिचेका केही तस्बिरः